- ब्रह्ममदेव यादव, विराटनगर ६७० पटक हेरिएको
सोमबार, भाद्र ३०, २०८२ समय : ०८:३४:१० , ७ महिना अगाडि
भारत सरकारले जोगबनी प्रवेशका लागि नागरिकता अनिवार्य गरेका छन् ।
विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको नेपाल–भारतको अन्तर्राष्ट्रिय सिमानाका रानी नाका भएर जोगबनी प्रवेश गर्ने जो कोहीको हकमा भारतले परिचय खुल्ने गरी नागरिकता अनिवार्य गरेको हो ।

जोगबनी प्रवेश गर्ने र फर्किनेको हकमा परिचय खुल्ने गरी अनिवार्य रूपमा नागरिकता देखाउनै पर्ने भारतले बाध्यकारी नियम लागु गरेका हुन् ।
नेपालीहरूको महान चार्ड पर्व विजया दशमी, शुभ दीपावली र छठ पर्वको किनमेलका लागि प्रत्येक दिन हजारौँ नेपाली जोगबनी जाने गरेका छन् ।
यसरी किनमेलका लागि जोगबनी जाने सर्वसाधारणलाई लाइन लगाएर परिचय खुल्ने नागरिकता हेरेर मात्र जोगबनी प्रवेश गर्न दिइरहेका छन् । र जोगबनीबाट फर्किदा पनि भारतीय सुरक्षाकर्मीलाई नागरिकता देखाउनु पर्ने अवस्था रहेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।