- चिरफार डटकम, विराटनगर ५६६ पटक हेरिएको
बिहिबार, पुष ०३, २०८२ समय : १५:२९:०६ , ४ महिना अगाडि
विराटनगर महानगरपालिका क्षेत्रमा सञ्चालन भइरहेको अरनिको आवासीय माध्यमिक विद्यालयमा बिहीबारदेखि दुई दिने ४९औं वार्षिकोत्सव तथा अभिभावक दिवस सुरु भएको छ ।

शुक्रबार ४९औं वार्षिकोत्सव एवं अभिभावक दिवसको समापन हुनेछ । ४९औं वार्षिकोत्सव एवं अभिभावक दिवसको पहिलो दिन बिहीबार अरनिको आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत प्ले ग्रुपदेखि कक्षा ७ सम्मका विद्यार्थीहरूले सहभागिता जनाउँदै सांस्कृतिक पोसाकमा गीत तथा नृत्व प्रस्तुत गरेका थिए ।
कार्यक्रमको दोस्रो दिन शुक्रबार कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले गीत तथा नृत्व प्रस्तुत गर्ने कार्यक्रम रहेको विद्यालयका प्राचार्य राजेश कार्कीले जानकारी गराए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीको अध्यक्षतामा बिहीबार आयोजित पहिलो दिनको कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं. १० का वडाध्यक्ष अर्जुन गिरी प्रमुख अतिथि रहेका छन् । कार्यक्रममा शिक्षक, शिक्षिका, अभिभावक र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।