- ब्रह्मदेव यादव, विराटनगर ७४८ पटक हेरिएको
बिहिबार, पुष २४, २०८२ समय : १६:३८:३८ , ३ महिना अगाडि
विराटनगरलाई कर्मथलो बनाएर उद्योग व्यापार गरिरहेका मारवाडी युवाहरूले सञ्चालन गरेको सत्ताव्यापी कार्यक्रमले समग्र विराटनगरवासीको मन जितेको छ । मारवाडी समाजको तर्फबाट मारवाडी युवा मञ्च विराटनगरले सत्ताव्यापी कार्यक्रमको आयोजना गरेका थिए ।

पुस १६ गतेबाट सुरु भएको सत्ताव्यापी कार्यक्रम २३ गते सम्पन्न भएको छ । मारवाडी समाजका अग्रजहरूको आशीर्वाद र मारवाडी युवाहरूको उत्साहजनक सक्रिय सहभागिताका बिच मारवाडी युवा मञ्चले विराटनगरवासीको मन छुँदै भव्य रूपमा सत्ताव्यापी कार्यक्रम सम्पन्न गरेको हो ।
राजनीतिक, सामाजिक, प्रशासनिक, औद्योगिक, व्यापारिक सहित सबै क्षेत्रसँग आबद्ध विशिष्ट व्यक्तिहरू मारवाडी युवा मञ्चको सत्ताव्यापी कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए । विभिन्न संघसंस्थामा आबद्ध मारवाडी महिलाहरूले सक्रिय रूपमा मञ्चको सत्ताव्यापी कार्यक्रममा सहभागिता जनाए ।

मारवाडी युवा मञ्च विराटनगरले मारवाडी युवा दिवसको अवसर पारेर पुस १६ गते नवौंउत्सव न्यू ईयर फिस्टा नाईटबाट सुरु गरेको अभियान अन्तर्गत राष्ट्रिय टोपी दिवस, शान्ति पदयात्रा, पिक्निक, ट्राफिक प्रहरीलाई आवश्यक सामग्री प्रदान, सडक पेटीमा रात बिताइरहेका सर्वसाधारणलाई न्यानो कम्मल वितरण, रक्तदान कार्यक्रम, नेत्रदान जागरूकता अभियान र मानवसेवा आश्रममा ज्येष्ठ नागरिकलाई भोजन सँगै नगद, खाद्यान्न सामग्री, न्यानो कम्मल र प्लास्टिकको सामग्री वितरण गर्दै सत्ताव्यापी कार्यक्रम सम्पन्न गरेका छन् ।

मारवाडी युवा मञ्चले सञ्चालन गरेको सत्ताव्यापी कार्यक्रम अन्तर्गत विराटनगरको सडक पेटीमा न्यानो लुगाको अभावमा कष्टकर जीवन बिताइरहेका सर्वसाधारणहरूलाई न्यानो कम्मल वितरण कार्यक्रमले सबैको मन छोएको छ ।
नेपाल राष्ट्रिय मारवाडी परिषद्का केन्द्रीय सह–कोषाध्यक्ष फुलकुमार लालवानी, मारवाडी युवा संगठनका केन्द्रीय उपाध्यक्ष गोपाल अग्रवाल, मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला, जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरका अध्यक्ष सतिश दुगड, मारवाडी युवा मञ्चको सबै कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, मोरङका प्रहरी प्रमुख कवित कटवाल, राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख एसपी राजन सापकोटा, मारवाडी युवा मञ्चको समापन समारोहमा सक्रिय सहभागिता जनाएका थिए ।

मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवनी, सत्ताव्यापी कार्यक्रमका मुख्य संयोजक पवनपंकज पारख र कार्यक्रमका सह–संयोजक धिरज शर्माले सत्ताव्यापी कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न समाजका अग्रज र युवाहरूको उत्साहजनक सहभागिता जनाउन दिनरात नभनीकन काम गरेका थिए ।

मोहित लालवानीले मारवाडी युवा मञ्च विराटनगरको अध्यक्ष पदको जिम्मेवारी सम्हालिसकेपछि यस अघि सत्ताव्यापी कार्यक्रम र १२ घण्टामा १२ कार्यक्रमको सफल आयोजना गरिसकेका छन् ।