उद्योग संगठन मोरङले गर्‍यो तीन जना मजदुरलाई सम्मान

  • चिरफार डटकम, विराटनगर ५८५  पटक हेरिएको

शनिबार, बैशाख १९, २०८३ समय : ११:१५:३५ , ५ महिना अगाडि

उद्योग संगठन मोरङले शुक्रवार विराटनगरमा तीन जना मजदुरलाई सम्मान गरेको छ । १३७औं श्रमिक दिवसको अवसरमा संगठनले तीनै जना मजदुरलाई सम्मान गरेको हो ।

विराटनगर स्थित उद्योग संगठन मोरङको हलमा श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्ष विपिन काबरा, सुबोध कोइरालाले तीनै जना मजदुरलाई नगद ११ हजार रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको हो ।

सम्मानित हुने मजदुरहरूमा सुनसरी–मोरङ औद्योगिक कोरिडोर स्थित नेपाल लिर्कस प्रा.लि.का मायाबत्ती थारु, स्वस्तिक जुट मिल्स इण्डष्ट्रिजका मोहम्मद ईद्रिस मिया र जयश्री पोलिमर्स प्रा.लि.का सीतादेवी लामिछाने रहेका छन् ।

संगठनका अध्यक्ष राठीले श्रमिक तथा रोजगार बिचको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ तीनै जना मजदुरलाई सम्मान गरिएको बताए ।

अध्यक्ष राठीले उद्योगी र श्रमिक बिचको सम्बन्धलाई सन्तुलित बनाउने गरी संगठन काम गरिरहेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्