विराटनगर–१८ मा ५ करोडको विकास निर्माण कार्य हुँदै

  • ब्रह्मदेव यादव, विराटनगर ४१३  पटक हेरिएको

बुधबार, जेठ २०, २०८३ समय : १४:३५:३५ , २ घन्टा अगाडि

विराटनगर महानगरपालिकाको वडा नं. १८ मा ५ करोड रुपैयाँ बराबरको विकास निर्माणको काम भइरहेको छ ।

आर्थिक वर्ष २०८२/०८३ मा भइरहेको विकास निर्माण कार्यको कतिपय योजनाको काम पुरा भइसकेको छ भने कतिपय योजनाको निर्माण कार्य हुँदैछ । विराटनगर महानगरपालिकाको वडा नं. १८ स्थित कालाबंजरमा ३ करोड रुपैयाँको लागतमा नाला र सडक कालोपत्रे गर्ने काम भइरहेको छ ।

सङ्घीय सरकारको बजेटबाट जारी १ किलोमिटर क्षेत्रफलमा नाला र सडक कालोपत्रे गर्नुपर्ने काम २ महिना अगाडी सुरु भएको छ । र निर्माण कार्य पुरा गर्ने अझ २ महिना समय लाग्ने वडा अध्यक्ष जितेन्द्रकुमार साहले जानकारी गराए । विराटनगर–१८ मा १ करोड रुपैयाँको लागतमा नहर सडकमा कालोपत्रेको काम भइरहेको छ ।

विराटनगर–१८ डंग्राह टोलस्थित खोक्सा जाने बाटोमा ३५ लाख रुपैयाँको लागतमा नाला निर्माण सँगै सडक कालोपत्रेको काम भइरहेको छ । विराटनगर–१८ कै भेडियारीमा १५ लाख रुपैयाँको लागतमा विकास निर्माणको काम भइरहेको छ ।

विराटनगर–१८ को वडा कार्यालय अगाडी ९ लाख रुपैयाँको लागतमा पार्किङ स्थल निर्माणको काम पुरा भएको छ । विराटनगर–१८ मा ३० लाख रुपैयाँको लागतमा ८ वटा मन्दिरको मर्मत सम्भार तथा निर्माण कार्य भइरहेको छ । जसमध्ये ५ वटा मन्दिरको मर्मत सम्भार तथा निर्माण कार्य पुरा भइसकेको छ ।

३ वटा मन्दिरको मर्मत सम्भार तथा निर्माण कार्य भइरहेको छ । यस बाहेक विराटनगर महानगरपालिका वडा नं. १८ मा सीपमूलक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । भारत सँग सिमाना जोडिएको विराटनगर महानगरपालिकाको वडा नं. १८ विकासमा पछाडि परेको वडा हो ।

तत्कालीन बुधनगर गाउँ विकास समितिबाट विराटनगर महानगरमा समायोजन भएको विराटनगर–१८ मा नाला नभएको, पानीको निकास नभएको र पानीबाट डुबानको ठुलो समस्या छ । विराटनगर–१८ का वडा अध्यक्ष जितेन्द्रकुमार साहले विकासमा पछाडि परेको वडामा प्रत्येक वर्ष ५ करोड रुपैयाँ मात्र नभई २५ करोड रुपैयाँ बजेटको आवश्यकता रहेको बताए ।