अन्नपूर्णा राठी केवलद्वारा श्रीसत्यनारायण मन्दिरलाई ६ लाखको सामग्री सहयोग

  • चिरफार डटकम, विराटनगर ३५७  पटक हेरिएको

बिहिबार, आषाढ ३२, २०८३ समय : १७:४५:१८ , ३ हप्ता अगाडि

अन्नपूर्णा राठी केवल इण्डष्ट्रिज प्रा.लि.ले विराटनगर–७ स्थित श्रीसत्यनारायण मन्दिरलाई शुक्रवार ६ लाख रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ ।

श्रीसत्यनारायण मन्दिरको स्थापना दिवसको अवसरमा अन्नपूर्णा राठी केवल इण्डष्ट्रिज प्रा.लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत ६ लाख रुपैयाँ बराबरको सामग्री सहयोग गरेको हो ।

अन्नपूर्णा राठी केवल इण्डष्ट्रिज प्रा.लि.का अध्यक्ष श्याम राठीले श्रीसत्यनारायण मन्दिरलाई एसी सहितको केवल सामग्री सहयोग गरेको बताए । मन्दिरमा एसी जडान गर्दा लाग्ने खर्च कम्पनीले व्यहोर्ने अध्यक्ष राठीलेब बताए ।

अन्नपूर्णा राठी केवल इण्डष्ट्रिज प्रा.लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत केही समय अगाडी जेन्जी आन्दोलनको क्रममा क्षति ग्रस्त संरचना निर्माणका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई मोटो रकम बराबरको केवल सामग्री सहयोग गरेका थिए ।