माघमा विराट सडक महोत्सव

  • ... ६९२  पटक हेरिएको

सोमबार, पुष १८, २०७९ समय : १५:५१:१२ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

माघ १२ देखि १४ गतेसम्म विराटनगरमा विराट सडक महोत्सव २०७९ हुने भएको छ । मन्जिना मुभिज क्रिएसनले विभिन्न जातजातिका खानाका परिकारलाई संरक्षण गर्ने उद्देश्यका साथ सडक महोत्सव गर्न लागेको हो । क्रिएसनका निर्देशक जतिन ताम्रकारले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर विराटनगरको हिमालय रोडको सडक खण्डमा ३ दिने जातिय खाना परिकार महोत्सवको आयोजना गर्न लागेको जानकारी गराए ।

१ नं. प्रदेश भरिका ४० भन्दा बढी जातिय खाना परिकारका स्टल महोत्सवमा रहने छ । महोत्सवमा जातिय खाना परिकारको स्टल राख्नेलाई १५ हजार शुल्क तोकेको छ । महोत्सव सम्मपन्न गर्न ३१ लाख रुपैया खर्च हुने ताम्रकारले बताए । विराटनगर महानगरपालिका महोत्सवको मुख्य प्रायोजन रहेका छन् ।