- ब्रह्मदेव यादव, विराटनगर ८६४ पटक हेरिएको
शुक्रबार, चैत्र ०३, २०७९ समय : १५:५९:४७ , २ वर्ष अगाडि
विराटगरस्थित विराट नर्सिङ होमले प्रयोगशाला परिक्षण मार्फत बिरामीसँग ठगिधन्दा सञ्चालन गरिरहेको रहस्य बाहिरिएको छ । आफुलाई स्वास्थ्य क्षेत्रकै ठुलो स्वास्थ्य संस्था भनेर घमण्ड गर्ने विराट नर्सिङ होमका अध्यक्ष ज्ञानेन्द्रमान सिंह कार्कीको प्रयोगशालाबाट पुरुषलाई महिला र पुरुषलाई पाठेघर देखाउँदा पनि राज्यको निकाय मौन छ ।
२०७९ मंसिर २३ गते सिरहा जिल्लाको जानकी नगरपालिका स्थित बरियापर्टीका २० बर्षिय कारी यादवले कोशी अस्पतालका बरिष्ठ फिजिसियन डा. दिपक सिग्देलको पारम्भिक परिक्षण पछि बिराट नर्सिङ होममा सिटी स्क्यान र अल्ट्रासाउण्डको प्रयोगशालामा परिक्षण गराउँदा नर्सिङ होमले पुरुषलाई महिला भन्दै परिक्षण रिपोर्ट तयार पारिदिएको छ ।
यहाँ सम्मकी पुरुष कारी यादवलाई महिला भन्दै परिक्षण रिपोर्टमा पाठेघर देखाइदिएको छ । यो स्वास्थ्य संस्थाको गम्भिर त्रुटी हो । विराट नर्सिङ होमका अध्यक्ष कार्कीले माँग गरे बमोजिम मासिक पारिश्रमीक दिने सर्तमा विराटनगरको गोल्डेन अस्पतालबाट विराट नर्सिङ होममा भित्र्याइएका रेडियोलोजिष्ट डा. अजय यादवले सिटी स्क्यान गरेर रिपोर्ट तयार पर्दा कारी यादव पुरुषलाई महिला भनेर रिपोर्ट तयार पारिदिएको छ ।
त्यसपछि नर्सिङ होममै अल्ट्रासाउण्डको रिपोर्टले समेत पुरुषलाई महिला भनेर रिपोर्ट तयार पारेको छ । र त्यहि रिपोर्टको आधारमा बिरामी कारी यादवले डेढ महिनासम्म औषधि सेवन गर्दा झण्डै ज्यान गुमाउने अवस्थामा पुगेको छ । विराट नर्सिङ होमका प्रशासन प्रमुख अमित कुशवाहले बिरामीले नाम लेखाउँदा महिला भनेर नाम लेखाएकोले प्रयोगशालाको रिपोर्टले पुरुषलाई महिला भनेर रिपोर्ट तयार परिएको बताए ।
बिरामी कारी यादवले डा. दिपक सिग्देललाई पारम्भिक जाँच परिक्षण गराउँदा डा. सिग्देलको निको अस्पतालले दिएको ओपिडी कार्ड र अल्ट्रासाउण्डको रिपोर्ट कार्डमा कारी यादवलाई पुरुष उल्लेख गरिएको छ । तर विराट नर्सिङ होम जस्तो प्रतिष्ठित स्वास्थ्य संस्था जहाँ प्रत्येक दिन नेपाल र भारतका ५०० भन्दा बढि बिरामी चिकित्सकको पुर्जा अनुसार विश्वास गरेर प्रयोगशालामा फुलबढि चेकपदेखि आवश्यकता अनुसार स्वास्थ्य परिक्षण गराउँछ ।
त्यस्तो स्वास्थ्य संस्थाको प्रयोगशालाले पुरुषलाई पुरुष भनेर छुट्याउन नसकेर पुरुषलाई महिला भनेर रिपोर्ट तयार पारिदिएको छ । यस्ता चिकित्सकलाई स्वास्थ्य संस्थामा काम गर्न अख्तियारी प्रदान गर्ने नेपाल मेडिकल काउन्सिल पनि संकाको घेरामा परेको छ । बिरामी कारी यादवले आफ्नो गलत रिपोर्ट सच्याईदिन गरेको आग्रहलाई समेत नर्सिङ होम प्रशासनले अस्विकार गरेको छ । यसका विरुद्ध कारी यादव कानुनी उपचार खोज्ने कानुन विदसँग सल्लाह गरिरहेको छ ।