- चिरफार डटकम, विराटनगर ३५१ पटक हेरिएको
शनिबार, चैत्र ०४, २०७९ समय : १४:४४:३९ , २ वर्ष अगाडि
विराटनगरस्थित कान्तिपुर कलेजले शनिबार भव्य कार्यक्रम गरेर कक्षा १२ मा अध्ययनरत ६०० भन्दाबढि विद्यार्थीहरुलाई बिदाई गरेको छ । केही समयपछि कक्षा १२ को परीक्षा हुन लागेकोले कलेजले ति विद्यार्थीहरुलाई स्वागत, सम्मानसँगै मायाको चिनो दिएर बिदाई गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड कोसी प्रदेश शाखा कार्यालयका अधिकृत सालिग्राम दाहाल, हिसान मोरङका अध्यक्ष अमित ढकाल, कान्तिपुर कलेजका अध्यक्ष खुसिराज श्रेष्ठ, प्रिन्सिपल भेषराज नेपाल (भुवन) ले विद्यार्थीहरुलाई बिदाई गरे । कलेजले लिएको आन्तरिक परीक्षामा उत्कृष्ट घोषित विद्यार्थीलाई सम्मान गरे ।
कार्यक्रममा कलेजका सहायक प्रिन्सिपल देविलाल महतो, संचालक सदस्य शंकर काफ्ले, प्रा.डा. तेजनारायण महतोसहित कलेजका शिक्षक, शिक्षिकाहरुको सहभागिता थियो । विराटनगरको पाञ्चालिस्थित कञ्चजंङ्गा होटलमा खचाखच भरिएको हलमा कलेज प्रशासन सँगै कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ को विद्यार्थीलाई बिदाई गरेको छ । कलेजमा सातौं ब्याच समूहका विद्यार्थीहरु अध्ययनरत छन् ।
२०७२ सालमा १५ जना विद्यार्थीलाई भर्ना गरिएर कान्तिपुर कलेजले पठनपाठन सुरु गरेको थियो । तर सात बर्षको छोटो समय अवधिमा कलेजमा कक्षा ११ को विज्ञान र व्यवस्थापन संकायतर्फ ६०० भन्दाबढि विद्यार्थीहरु भर्ना भएर अध्ययन गरिरहेका छन् ।