ध्रुर्वतारा स्पोटिङ क्लब झापा मिल्स गोल्डकपको विजेता

  • चिरफार डटकम, विराटनगर ४५३  पटक हेरिएको

शनिबार, चैत्र ०४, २०७९ समय : २१:०५:११ , २ वर्ष अगाडि

ध्रुर्वतारा स्पोटिङ क्लब झापा तेस्रो संस्करणको मिल्स गोल्डकपको वितेजा बनेको छ । शनिबार विराटनगरमा सम्पन्न मिल्स गोल्डकपको फाइनलमा प्रतिभा क्लब गोलबजार सिरहालाई पराजित गरेर ध्रुर्वतारा स्पोटिङ क्लब झापा विजेता बनेको हो ।

विराटनगर–१६ स्थित विराटनगर जुटमिलको खेलमैदानमा प्रतिभा क्लब गोलबजार सिरहलाई २ का विरुद्ध ३ गोल गर्दै ध्रुर्वतारा स्पोटिङ क्लब झापा विजेता बन्दै २ लाख ११ हजार नगदसहित ट्रफी हत्याउन सफल भएको छ ।

उपविजेतामा चित्त बुझाएको प्रतिभा क्लब गोलबजार सिरहाले १ लाख ११ हजार नगदसहित ट्रफी प्राप्त गरे । झापाका तर्फबाट गौरव धिमालले २ र प्रविण राईले १ गोल गरेका थिए ।

सिरहाका तर्फबाट बिनुआले मगर र विधान लामाले १–१ गोल गरेका थिए । झापाका प्रविण राई प्रतियोगिताको बेष्ट खेलाडी सँगै बेष्ट फरवार्ड घोषित भए । सिरहाका सुजन कुलामी बेष्ट मिड फिल्र्डर र सिरहाकै मुकेश माँझी बेष्ट डिफेन्डर घोषित भए । झापाका आयुष लिम्बु बेष्ट गोलकिपर र झापाकै संजिप मगर बेष्ट कोच घोषित भए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मिल्स गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही, बरिष्ठ उपाध्यक्ष अमृत गुरुङ, उपाध्यक्ष तथा विराटनगर–१६ का वडाध्यक्ष उद्धव भुजेल, उपाध्यक्ष कुमार महर्जन, महासचिव हिमाल शेर्पा, कोषाध्यक्ष विष्णु डंगोल, खेल संयोजक किशोर सुब्बा, उपसंयोजक प्रह्लाद बस्नेत, नेपाल उद्योग परिसंघ कोसी प्रदेशका उपाध्यक्ष नवलकिशोर काबरा, नेपाली कांग्रेस मोरङ जिल्लाका सदस्य तथा खेल विभाग संयोजक प्रकाश दाहाल, कांग्रेस महिला नेतृ झुमा निरौला गौतम, जसमिन मण्डल, विराट गोल्डक ट्रष्टका अध्यक्ष सन्तोष बाँनिया, महासचिव बिनेश बस्नेत, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष विशाल केडियाले विजेता, उपविजेतासहित खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

मिल्स गोल्डकप ट्रष्टले ट्रष्टका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय फुटबल खेलाडी कुमार महर्जन र ट्रष्टका संस्थापक सदस्य मनोज खड्कालाई खेलकुद क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएको निशकर्ष निकाल्दै सम्मान गरेको छ ।

फागुन २७ गतेदेखि सुरु भएको प्रतियोगिता चैत्र ४ गते सम्पन्न भएको छ । प्रतियोगितामा कोसी र मधेश प्रदेशका ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता सम्पन्न गर्न २५ लाख भन्दा बढि रकम खर्च भएको ट्रष्टका कोषाध्यक्ष विष्णु डंगोलले बताए ।