- चिरफार डटकम, विराटनगर ८६० पटक हेरिएको
शुक्रबार, चैत्र १०, २०७९ समय : १७:४४:३२ , २ वर्ष अगाडि
विराटनगर भन्सार कार्यालयका कर्मचारीहरु २ महिनाभन्दा बढि समयदेखि तलव पाएका छैनन् । तलव नपाउँदा भन्सार कार्यालयका अधिकृतदेखि कार्यालय सहयोगीहरुलाई घर व्यवहार चलाउन समस्या परेको छ । यस विषयमा विराटनगर भन्सार प्रशासनदेखि भन्सार विभाग र अर्थमन्त्रालय बेखबर छ ।
केही समय अगाडी विराटनगर भन्सार कार्यालयमा प्रमुखको जिम्मेवारी सम्हालेका ज्ञानेन्द्रराज ढकाल अधिकांश समय काठमाडौंमा बस्ने गरेकोले कार्यालयका अधिकृतदेखि सहयोगी सम्मले तलव पाए वा नपाएको विषयमा जानकार छैन । विराटनगर भन्सार कार्यालयका लेखा अधिकृत योगेन्द्रप्रसाद पौडेलले माघ र फागुन महिनाको अधिकृतदेखि कार्यालय सहयोगीहरुले तलव नपाएको बताए ।
भन्सार कार्यालयले प्रत्येक महिना ४० लाखभन्दा बढि रुपैयाँ अधिकृतदेखि कार्यालय सहयोगीहरुलाई तलव सुविधाको रुपमा वितरण गर्ने गरेको छ । आर्थिक बर्ष २०७८÷०७९ मा विराटनगर भन्सार कार्यालयले कर्मचारीको तलव माँग गर्दा त्यतिखेर थोरै कर्मचारी रहेको र आर्थिक बर्ष २०७९÷०८० मा ४० प्रतिशतले कर्मचारीको संख्या बढेकोले पहिलाको रकमबाट तलव अपुग भएको बताए ।
तलव अपुग हुँदा कसलाई दिने कसलाई नदिने समस्या परेकोले यस विषयमा भन्सार विभागदेखि अर्थमन्त्रालयसम्म पटक–पटक जानकारी गराएपनि मन्त्रालय बेखबर हुँदा कर्मचारीले तलव नपाएको पौडेलले बताए ।