उद्योग संगठन मोरङको अध्यक्षमा मुरारका, राठी र सुरानाको दावेदारी

  • ब्रह्मदेव यादव, विराटनगर ६१८  पटक हेरिएको

सोमबार, चैत्र १३, २०७९ समय : १६:४७:१८ , २ वर्ष अगाडि

उद्योग संगठन मोरङको अगामी अध्यक्ष पदकालागि ३ जनाले दावेदारी प्रस्तुत गरेको छ । अगामी अध्यक्ष पदकालागि संगठनका परिष्ठ उपाध्यक्ष प्रदिप मुरारका, उपाध्यक्ष नन्दकिशोर राठी र साधारण सदस्य राकेश सुरानाले ससक्त रुपमा दावेदारी प्रस्तुत गरेका छन् । संगठनका अध्यक्ष सुयश प्याकुरेलको चैत्र १५ गते कार्यकाल सकिदैछ । संगठनको सोमबार बसेको कार्यसमितिको बैठकले ५०औं साधारण सभा र १६औं अधिवेशन गर्ने निर्णय गरेको छ ।

संगठनका पदाधिकारी र कार्यसमिति सदस्यको पदावधी सकिएको दिनदेखि बढिमा ३ महिना भित्र अधिवेश गरिसक्नुपर्ने संगठनको ऐनमा व्यवस्था गरिएको छ ।अधिवेशनले केही दिनको समय सिमा तोकेर अध्यक्ष सहित पदाधिकारी र कार्यसमित सदस्यहरुको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गर्छ । संगठनका पदाधिकारीहरुले निर्वाचन नगर्ने गरी सर्वसम्मतीमा अध्यक्षसहित पदाधिकारी र सदस्य चयन गर्ने प्रयास गर्छ ।

सर्वसम्मतीको प्रयास नभएको खण्डमा संगठनका सदस्यहरुले मतदान पक्रियामा सहभागिता जनाएर अध्यक्षसहित पदाधिकारी र कार्यसमिति सदस्य निर्वाचित गर्ने व्यवस्था छ । संगठनका बरिष्ठ उपाध्यक्ष मुरारका अध्यक्ष हुने प्रचलन छ । तर त्यसको आधिकारीक छिनोफानो संगठनका सदस्यहरुले मतदान प्रक्रियाबाट गर्नेछ ।उद्योगी तथा व्यवसायी संस्थाहरुमा बरिष्ठ उपाध्यक्ष भईसकेको व्यक्ति अध्यक्ष हुन नसकेर संस्थाबाट बाहिरिएको प्रसस्त नजिर छ । र त्यही नजिरलाई दोहोराउने गरी मुरारकालाई अध्यक्ष हुननदिन चलखेल सुरु भईसकेको छ ।

संगठनको १५औं कार्यसमितिको लागि भएको निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा प्रदिप मुरारका र राकेश सुरानाको तिब्र प्रतिस्पर्धा भएको थियो । र भिनो मतको अन्तरले सुराना पराजित भएका थिए । यतिखेर सुराना संठनका सदस्यहरु सँग नियमित भेटघाटलाई निरन्तरता दिदैं अध्यक्ष पदमा चुनाव लड्ने तयारीमा जुटेको छ । संगठनका उपाध्यक्ष नन्दकिशोर राठी अध्यक्ष पदमा चुनाव लड्ने तयारीमा जुटेको छ ।