- चिरफार डटकम, विराटनगर ३९० पटक हेरिएको
मंगलबार, चैत्र १४, २०७९ समय : १५:३२:३२ , २ वर्ष अगाडि
२०८० बैशाख २९ गते उद्योग संगठन मोरङले ५०औं साधारण सभा र १६औं कार्यसमिति चयनका लागि अधिवेशन गर्ने निर्णय गरेको छ । संगठनको कार्यसमितिको सोमबार विराटनगर बाहिर बसेको बैठकले साधारण सभा र अधिवेशन गर्ने निर्णय गरेको हो ।
संगठनका अध्यक्ष सुयश प्याकुरेलको चैत्र १५ गतेदेखि कार्यकाल सकिदै छ । र त्यो भन्दा अगाडी नै साधारण सभा र अधिवेशन गर्नु पर्ने दायित्व पुरा गर्न कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।
संगठनका पदाधिकारीहरुको कार्यकाल सकिएको बढिमा ३ महिना भित्र साधारण सभा र अधिवेशन गरिसक्नुपर्ने ऐनले व्यवस्था गरेको छ । अधिवेशनले केही दिन भित्र पदाधिकारी चयनको लागि निर्वाचनको मिति तोक्ने व्यवस्था छ ।
संगठनका अध्यक्ष प्याकुरेलले नयाँ बर्ष २०८० सालको बैंशाख २९ गते ५०औं साधारण सभा र १६औं कार्यसमिति चयनका लागि अधिवेशन गर्ने कार्यसमितिको बैठकले निर्णय गरेको बताए ।