- चिरफार डटकम, विराटनगर ४५३ पटक हेरिएको
शुक्रबार, चैत्र १७, २०७९ समय : १३:४९:५३ , २ वर्ष अगाडि
विराटनगर भन्सार कार्यालयले औधोगिक तथा व्यापारीक सामानमा छेडछाड गर्न थालेका छन् । औधोगिक तथा व्यावसायीलाई विराटनगर भन्सार नाकाबाट आयात निर्यात गर्ने गरेको सामानमा विराटनगर भन्सार कार्यालयले ५०० प्रतिशतसम्म थप राजश्व असुली गर्न थालेको छ ।
यस विषयमा औधोगिक तथा व्यवसायी असन्तुष्ट बनेको छ । र यसको प्रतिकार गर्न साँझा धारणा बनाउन छलफलमा जुटेको छ । विराटनगर भन्सार कार्यालय एजेन्ट संघ, स्वतन्त्र भन्सार एजेन्ट प्रतिनिधि, औधोगिक तथा व्यवसायीक प्रतिनिधि सहित उद्योगी व्यवसायी छलफलमा जुटेको समाचार स्रोतले जानकारी गराएको छ ।
औधोगिक तथा व्यवसायीले सामान आयात निर्यात गर्दा सामानको उल्लेख गरिएको मूल्य बमोजिम राजश्व तिरेर सामान छुटाउने कानुनी व्यवस्था छ । तर विराटनगर भन्सार कार्यालय प्रशासनले सामानको मूल्य उल्लेख गरिएको बिल बमोजिम राजश्व तिरेर सामान छुटाउन खोज्दा भन्सार प्रशासनले ५०० प्रतिशतसम्म थप राजश्व असुली गर्न थालेपछि उद्योगी तथा व्यवसायी अन्योलमा परेको छ ।
केही दिन अगाडी देश भरीको भन्सार कार्यालयबाट चेक जाँच पास भएर छुटेको सामान काठमाडौं पुग्ने क्रममा राजश्व अनुसन्धान विभागले १०० भन्दा बढि मालसामान बोकेको ट्रकलाई नियन्त्रणमा लिएर १००० प्रतिशतले थप राजश्व असुली गर्ने आधिकारी धारणा सार्वजनिक गरेपछि उद्योगी व्यवसायी र राजश्व अनुसन्धान बिच विवाद सुरु भएको छ ।
राजश्व अनुसन्धान विभागले भन्सार कार्यालयबाट नियम ऐन बमोजिम चेक जाँच पास भएर छुटेको सामानमा थप १००० प्रतिशतले थप राजश्व असुली गर्ने निती अविलम्बन गरेपछि उद्योगी व्यवसायी राजश्व अनुसन्धान विभागसँग चिडिएको छ ।
राजश्व अनुसन्धान विभागले देश भरीका भन्सार कार्यालयलाई पत्रचार गरेर देशको राजश्व बढाउने गरी औधोगिक तथा व्यापारीक सामानमा कडाई गर्न निर्देशन जारी गरेपछि भन्सार प्रशासन आयात निर्यात भईरहेको सामानमा छेडछाड पार्न सुरु गरेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले देशको राजश्व वृद्धि गर्न भन्सार असुलीमा कडाई गरिएको बताए ।