- चिरफार डटकम, विराटनगर ३६३ पटक हेरिएको
आइतबार, चैत्र १९, २०७९ समय : १४:३६:१० , २ वर्ष अगाडि
विराटनगरका प्रतिष्ठित औधोगिक घराना काबरा गु्रपका सदस्य श्रीजा काबराले अहिंसा दौड प्रतियोगिताको दोस्रो पुरस्कार हासिल गरेकी छिन् । १० किलोमिटर दुरीको दौड प्रतियोगितामा महिला तर्फ दोस्रो स्थान हाँसिल गर्दै काबराले १५००० रुपैयाँ पुरस्कार जित्न सफल भईन ।
जैन इन्टरनेशनल ट्रेड अर्गनाइजेशन (जितो) को महिला विंग, विराटनगर शाखाले शनिबार विराटनगरमा आयोजना गरेको खुल्ला दौड प्रतियोगितामा काबराले महिला तर्फ दोस्रो पुरस्कार हाँसिल गरे । १० किलोमिटर दुरीको दौड प्रतियोगितामा महिला तर्फ अञ्जली जैन प्रथम र दिप्ती अग्रवाल तेस्रो पुरस्कार हाँसिल गरिन ।