- चिरफार डटकम, विराटनगर ७४७ पटक हेरिएको
मंगलबार, चैत्र २१, २०७९ समय : १८:५१:४१ , २ वर्ष अगाडि
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को केन्द्रिय सदस्यमा उद्योगी नविन रिजालको उम्मेदवारी परेको छ । नगर तथा जिल्ला तर्फबाट खुल्ला केन्द्रिय सदस्य पदकोलागि मंगलबार रिजालको उम्मेदवारी परेको हो ।
रिजाल नपालकै जेठो प्रतिष्ठित उद्योगी व्यवसायीहरुको संस्था मोरङ व्यापार संघ विराटनगरका अध्यक्ष हुन् । मोरङ व्यापार संघमा कार्यसमिति सदस्य, प्रवक्ता, महासचिव, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष पदमा कार्यरत रहनु भएको छ ।
मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडा, पूर्वअध्यक्षहरु पवनकुमार सारडा, महेश जाजु, नन्दकिशोर राठी, शंकरलाल अग्रवाल, खेमचन्द जैन, ताराचन्द खेचान, देवेन्द्र अग्रवाल, सुरेशकुमार शर्माको साथ र सहयोग रिजाललाई रहेको छ ।
भारत बथनाहाको मिरगंज पुल निर्माणकालागि नेपाल र भारत सरकार समक्ष लामो समयसम्म संघर्ष गरेका रिजाल, केहि दिनअघि चर्को बैंक ब्याजदरका विरुद्ध काठमाडौंमा आन्दोलन गरेर उद्योगी व्यवसायीहरुको मन जित्न सफल भएका छन् । र उनी देश भरीकै उद्योगी व्यवसायीहरुको साँझा उम्मेदवारको रुपमा आफुलाई उभ्याएको छ ।
रिजाललाई अत्याधिक मतका साथ केन्द्रिय सदस्यमा निर्वाचित गराउन मोरङ व्यापार संघ विराटनगरको टोली काठमाडौं पुगेको छ । र संघले काठमाडौंमा सचिवालय स्थापना गरेर रिजालको पक्षमा मत मागी रहेका छन् ।