विराटनगर बजार बन्द

  • चिरफार डटकम, विराटनगर ५५५  पटक हेरिएको

बिहिबार, चैत्र २३, २०७९ समय : १२:३८:५५ , २ वर्ष अगाडि

व्यवसायीहरुले बिहीबार विराटनगर बजार बन्द गराएका छन् । विराटनगर महानगरपालिकाको नो पार्किङ अभियान विरुद्ध व्यवसायीले विराटनगर बजार बन्द गराएका हुन् । विराटनगर महानगरपालिकाले नगर क्षेत्रको सडक मार्गलाई नो पार्किङ क्षेत्र घोषणा गरेर सडकमा हुने गरेको सवारी साधन पार्किङ माथि प्रतिबन्ध लगाएको छ ।

सडकमा सवारी साधन पार्किङ गर्न नपाउँदा व्यवासयीनै ठप्प परेको भन्दै व्यवासयीले महानगरपालिकाको नो पार्किङको विरुद्ध गरेको छ । नो पार्किङ विरुद्धको आन्दोलनको नेतृत्व गरिरहेको व्यवासयी माथि महानगरपालिकाले छानी छानी अनुगमन सुरु गरेपछि त्यसको विरुद्धमा व्यवासयीले अनिश्चित कालका लागि विराटगनर बजार बन्द गराएका छन् ।

बुधबारदेखि व्यवासयीले बन्द गराएको विराटनगर बजारलाई बिहीबार पनि निरन्तरता दिईएको छ । विराटनगर महानगरपालिकाले बिराटनगर बजार बन्द गराएका व्यवासयीलाई वार्तामा आउँन आवहन गरेका छन् । तर बिहीबार अपरान्ह समयमा बिराटनगर महानगरपालिकाका पदाधिकारी र व्यवासयी प्रतिनिधि बिच वार्ता सुरु हुन सकेको छैन । र विराटनगरको मेनरोड बजार पुनः रुपमा ठप्प छ ।