- चिरफार डटकम, विराटनगर ३४८ पटक हेरिएको
बिहिबार, चैत्र २३, २०७९ समय : १८:२८:२८ , २ वर्ष अगाडि
विराटनगर–१० स्थित श्री बालाजी बावोसा मन्दिरमा बिहीबार ८ सयभन्दा बढि भक्तजनहरुले प्रसाद ग्रहण गरेका छन् । श्री बालाजी बावोसा ट्रष्ट श्री हनुमान जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा ८ सयभन्दा बढि भक्तजनहरुले प्रसाद ग्रहण गरेको ट्रष्टका अध्यक्ष हेमन्तकुमार मारुले जानकारी गराए ।
मन्दिरमा ५१ केजी बुनियाँको लड्डु र ५१ लिटर दुधको भोग लगाईएको अध्यक्ष मारुले बताए । ट्रष्टका अध्यक्ष हेमन्त मारु निवर्तमान अध्यक्ष सुनिलकुमार बिडला, उपाध्यक्ष सुरेश सोनी, महासचिव महेन्द्र सेठिया, कोषाध्यक्ष कमल राठी सहित ट्रष्टका पदाधिकारीहरुले भक्तजनहरुलाई मन्दिरमा स्वागत गरेका थिए ।
ट्रष्टका निवर्तमान अध्यक्ष सुनिलकुमार बिडलाको कार्यकालमा विराटनगर–१० मा श्री बालाजी बावोसा मन्दिरको निर्माण कार्य सम्पन्न भएको थियो ।