- चिरफार डटकम, विराटनगर ६३१ पटक हेरिएको
शुक्रबार, चैत्र २४, २०७९ समय : १४:०६:१० , २ वर्ष अगाडि
कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुले स्वस्थ जीवनकालागि अनिवार्य रुपमा शारीरिक व्याम गर्न सर्वसाधारणलाई सल्लाह दिएकी छिन् । विश्वमा प्रत्येक बर्ष नसर्ने रोगका कारण ८० प्रतिशत भन्दा बढि मानिसको मृत्यु भइरहेको छ । र यो आगामी १० बर्षको अवधीमा नसर्ने रोगको कारण सतप्रतिशत मानिसको मृत्यु हुन सक्ने आकलन गरिएको बेला स्वस्थ रहन सबैलाई शारीरिक व्याम गर्न मन्त्री लिम्बुले सल्लाह दिएकी हुन् ।
विश्व स्वास्थ्य दिवसको अवसरमा कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले शुक्रबार विराटनगरमा निकालेको सचेतनामुलक र्यालीपछि मन्त्री लिम्बुले यस्तो धारण व्यक्त गरेकी हुन् । पछिल्लो समय मानिसहरुमा सुगर, प्रेसर लगायत मुटु रोगका लक्षणहरु देखा परिरहेको छ । र यो रोगको लक्षण बढ्ने क्रममा छ ।
यो नसर्ने रोग अन्तर्गत पर्छ । र यसका लागि शारीरिक व्याम गरेर स्वास्थ रहनु पर्ने आजको आवश्यकता छ । तर मानिस शारीरिक व्याम नगर्दा अकालमै ज्यान गुमाइ रहेकोले स्वस्थ रहन सबैलाई शारीरिक व्याम गर्न सन्देश प्रवाह गर्ने गरी कोशी प्रदेश स्वास्थ्य मन्त्रालय अगाडी बढेको छ ।
विश्व स्वास्थ्य संगठन, कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय, जिल्ला स्वास्थ्य कार्यालय मोरङ विराटनगर महानगरपालिकाका स्वास्थ्यकर्मी सहित स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बु शुक्रबार सचेतनामुलक ¥यालीमा सहभागि भएका थिए । विराटनगरको देवकोटा चोक स्थित स्वास्थ्य मन्त्रालयबाट निस्केको सचेतनामुलक र्याली नगरक्षेत्रको विभिन्न भागको परिकल्पना पछि पुनः स्वास्थ्य मन्त्रलायमा आएर समापन भएको थियो ।
र्यालीमा कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बु सहभागि भएको थिए । र उनले विराटनगरको नगर क्षेत्रको परिक्रमा गर्दौ सडकमै स्वस्थ रहन शारीरिक व्याम आवश्यक रहेको सन्देश प्रवाह गर्न शारीरिक व्याम गरेकी थिईन ।