- ब्रह्मदेव यादव, विराटनगर ५११ पटक हेरिएको
सोमबार, बैशाख ०४, २०८० समय : १४:५५:०२ , १ वर्ष अगाडि
बरिष्ठ समाजसेवी दिनबन्धु गोयलको ६ महिनापछि दोस्रो पटक नागरिक अभिनन्द भएको छ । २०७९ साल असोज २८ गते शुक्रबार विराटनगरमा ४ सयभन्दा बढि संघसस्था र निजी क्षेत्रले समाजसेवी गोयललाई भव्य एवं ऐतिहासिक नागरिक अभिनन्दन गरेका थिए । र त्यसको ६ महिना पछि २०८० साल बैशाख ३ गते आइतबार झापामा समाजसेवी गोयलको भव्य नागरिक अभिनन्दन भएको छ ।
विरता जेसीज विर्तामोड पूर्व अध्यक्ष क्लबले समाजसेवी गोयललाई आइतबार झापामा भव्य नागरिक अभिनन्दन गरेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले समाजसेवी गोयलाई उत्कृष्ट नागरिक अभिनन्दनबाट सम्मानित गरेको छ । विरता जेसीजको तर्फबाट समाजसेवी गोयललाई सुन र चाँदी जडित जेसीज सम्मान मेडल प्रदान गरिएको छ ।
विरता जेसीज सहित झापाका १ सय भन्दा बढि संघ सस्था र निजी क्षेत्रले समाजसेवी गोयललाई नागरिक अभिनन्दन गरेको छ । यस अघि २०७९ साल असोज २८ गते शुक्रबार विराटनगरमा समाजसेवी गोयलको भव्य एवं ऐतिहासिक नागरिक अभिनन्दन भएको थियो । विराटनगरका ४ सय भन्दा बढि सामाजिक संघसंस्था र निजी क्षेत्रले समाजसेवी गोयललाई नागरिक अभिनन्दन गरेका थिए ।
मोरङ व्यापार संघका पूर्वअध्यक्ष सुरेशकुमार शर्माको अध्यक्षतामा गठन गरिएको नागरिक अभिनन्दन समितिले समाजको विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएको निश्कर्ष निकाल्दै समाजसेवी गोयललाई भव्य एवं ऐतिहासिक नागरिक अभिनन्दन गरिएको थियो । संघिय गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले समाजसेवी गोयललाई भव्य समारोहका बिच नागरिक अभिनन्दन गरेका थिए ।
बरिष्ठ समाजसेवी गोयल पछिल्लो समय उद्योग व्यापारबाट विश्राम लिएर आफुलाई पूर्ण रुपमा सामाजिक सेवामा सर्मप्रित गरेको छ । र उद्योग व्यवसायबाट प्राप्त हुने रकम मध्ये ८० प्रतिशत भन्दा बढि रकम समाजसेवी गोयलले सामाजिक क्षेत्रमा खर्च गरिरहेको छ । देशभरीका १ हजारभन्दा बढि सामाजिक संघसंस्थाहरुलाई समाजसेवी गोयलले नियमित सहयोग गरिरहेको छ ।
यस बाहेक स्कुलमा अध्ययनरत छात्रछात्राहरुलाई प्रत्येक बर्ष मोटो रकम बराबरको समाजसेवी गोयलले छात्रवृत्ति वितरण गरिरहेको छ । गर्मी र जाडोको समयमा समाजसेवी गोयलले समाजका विपन्न वर्गका व्यक्तिहरुलाई लुगा वितरण गरिरहेको छ ।
यस सँगै विराटनगरस्थित बरिष्ठ समाजसेवी गोयलको निवासमा सहयोग लिन माग्न आउँने कोही पनि रित्तोहात फर्किने गरेको छैन । सबैलाई चित्त बुझाएर पठाउने समाजसेवी गोयलको बानी छ । जसको कारण विभिन्न समयमा विभिन्न संघसंस्था र निजी क्षेत्रले समाजसेवी गोयललाई सम्मान प्रदान गरिरहेको छ ।