अरनिको दर्पण २०८० को बिमोचन

  • चिरफार डटकम, विराटनगर ५४४  पटक हेरिएको

बुधबार, बैशाख ०६, २०८० समय : १३:५०:१३ , १ वर्ष अगाडि

विराटनगर–१० स्थित अरनिको आवासीय माध्यमिक विद्यालयले प्रकाशन गरेको अरनिको दर्पण २०८० को बुधबार बिमोचन भएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परिक्षा बोर्ड कोशी प्रदेशका निर्देशक युवराज पौडेल, अरनिको आवासिय माध्यमिक विद्यालय संचालक समितिका अध्यक्ष लक्ष्मी प्रसाद अधिकारी, प्रिन्सिपल राजेश कार्की, कार्यक्रम संयोजक विकास खनाल, आरोहण गुरुकुल विराटनगरका महासचिव तथा साहित्यकार दिवस पोखरेल, साहित्यकार भरत गुरागाई र दिनेश सुवेदी पुस्तकका सम्पादक डा. भविन्द्र निरौला, पुस्तकका प्रवन्धसम्पादक दिनेश श्रेष्ठले भव्य समारोहका बिच अरनिको दर्पण पुस्तकको बिमोचन गरेको छ ।

राजबहादुर कुँवर र कमला कुँवर अरनिको दर्पण पुस्तकको प्रमुख संरक्षक रहेका छन् । विद्यालय संचालक समितिका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी र प्रिन्सिपल राजेश कार्की अरनिको दर्पण पुस्तकको संरक्षक रहनु भएको छ । विद्यालय संचालक समितिका सदस्य भरतराज दाहाल, विकास खनाल, निलमकुमार अधिकारी, शैलेसकुमार झा, उमेन्द्र विलास लुईटेल, अरनिको दर्पण पुस्तकको सल्लाहकार रहनु भएको छ । डा. भविन्द्र निरौला पुस्तकका सम्पादक रहनु भएको छ । पुस्तकमा विद्यालयका शिक्षक, विद्यार्थी र साहित्यकारहरुको लेख तथा रचना समावेश गरिएको छ ।

अरुण कोइराला, सरवानी भट्टाचार्य, शरण गौतम, विमल भट्टराई र अम्बिा खरेल उप्रेती सम्पादक मण्डलमा रहेर अरनिको दर्पण पुस्तकलाई आकर्षक र पठनीय बनाउने गरी लेख रचनाको छनौट गरेका थिए । कार्यक्रममा ५० जना विद्यार्थीलाई विद्यालयले नगद सहित प्रमाण पत्रले सम्मान गरेको छ ।

विद्यालयमा कक्षा ११ र १२ उत्तिण गरेका विद्यार्थीहरु मेडिक साइन्स, बिडिएस, बिएससी एग्रिकल्चर, इन्जिनियरिङ्ग, बिपिएच, बिएससी एमएलटी र बिएससी नर्सिङमा छात्रवृत्तिमा नाम निकाल्न सफल भएका विद्यार्थीहरुलाई विद्यालयले सम्मान गरेको हो । अरनिको आवासिय माध्यमिक विद्यालयले संचालक समितिका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, प्रिन्सिपल राजेश कार्की र कार्यक्रम संयोजक विकास खनालले विद्यार्थीहरुलाई नगद सहित प्रमाण पत्र प्रदान गरेको थिए ।