३ महिना पछि विराटनगर उज्यालो सहर

  • चिरफार डटकम, विराटनगर ५८१  पटक हेरिएको

शुक्रबार, बैशाख १५, २०८० समय : १६:२७:२७ , २ वर्ष अगाडि

बढिमा ३ महिना भित्र विराटनगर उज्यालो सहर बन्दैछ । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाको अधिकांश वडा उज्यालो भई सकेको छ । र केही वडालाई उज्यालो बनाउने गरी विद्युत जडान निर्माणको काम भई रहेको छ ।

३ महिना भित्र सबै वडामा विद्युत जडानको काम पुरा हुनेछ । र अब विराटनगर सफा सौन्दर्य हरियाली सँगै उज्यालो सहरको मान्यता पाउने छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ३ महिना भित्र विराटनगर उज्यालो सहर बन्न लागेको बताए ।

शुक्रबार चिरफार डटकम संग कुरा गर्दै मेयर कोइरालाले भने: अबको ३ महिनापछि जुन सुकै सवारी साधन महानगरपालिका क्षेत्रमा प्रवेश गरिसकेपछि लाइट नै नबालिकन आरामले आफ्नो गन्तव्यसम्म पुग्न सकिन्छ । हामी यस्तो उज्यालो विराटनगर सहर अभियानमा लागेका छौं ।
उनले थपेः अब विराटनगर सफा, सौन्दर्य, हरियाली सँगै उज्यालो सहर बन्ने छ । विराटनगर महानगरपालिकामा बसोवास गर्ने जोकोहीले पनि अब विश्वको सुविधासम्पन्न सहरमा बसेको अनुभूति गर्न पाउने छ ।

विराटनगर महानगरपालिकाले केही समययता व्यवस्थित सवारी पार्किङ, सूर्तिजन्य पदार्थ प्रतिबन्ध लगाउने क्षेत्रमा उपलब्धी हासिल गरिसकेको छ । र बैशाख १५ गतेदेखि महानगरपालिका क्षेत्रमा खुल्ला रुपमा हुने गरेको मासु तथा माछाजन्य वस्तु विक्रीमा रोक लगाएको छ ।