सुपारी प्रकरणमा सरकार र अख्तियार कहाँ छ ?

  • ब्रह्मदेव यादव, विराटनगर ४८६  पटक हेरिएको

बुधबार, बैशाख २०, २०८० समय : १६:४४:०१ , १ वर्ष अगाडि

विराटनगरका दुई व्यापारी प्रतिष्ठानले सुपारी प्रकरणमा साझेदारको अपचलन गरेको ८० करोडभन्दा बढि रुपैयाँको बारेमा सत्यतथ्य पत्तालगाउने निकाय नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग कहाँ लुकेर बसेको छ भन्ने खोजी सुरु भएको छ ।

विराटनगरका दुई व्यापारी प्रतिष्ठानका संचालक दिनेश राठी र प्रदिप मुरारका व्यवसायीक साझेदार झापाका सुपारी व्यवसायी प्रदिप मित्तलको ८० करोड रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । राठी र मुरारकाले सुपारी प्रकरणमा ६ सय करोड भन्दा बढि रुपैयाँ आर्जन गरेको छ । जसमध्ये साझेदार मित्तललाई ८० करोड रुपैयाँ दिन नमानेपछि मित्तलले मोरङ व्यापार संघ विराटनगर र उद्योग संगठन मोरङमा लिखित उजुरी दर्ता गराएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला विराटगनरका राठी र मुरारकाले सरकार सँग स्वीकृति लिएर कोटा प्रणालिमार्फत २५ हजार टन सुपारी इन्डोनेसियाबाट नेपाल आयात गरेका थिए । र ति सबै सुपारी चोरबाटो हुँदै भारतमा विक्री गरेका थिए । राठी र मुरारकाले सरकारसंगको मिलेमतोमा सुपारी आयात गरिसकेपछि सुपारीको कोटा प्रणाली बन्द गरेको छ । जसको कारण नेपालमा केही सिमित सुपारी व्यवसायीले महंगोदरमा सुपारी विक्री गरिरहेको छ ।

त्यही सुपारी प्रकरणमा राठी र मुरारकाले साझेदार मित्तलको ८० करोड रुपैया अपचलन गरेको सूचना बाहिरिएको छ । सरकार र अख्तियार यस विषयमा मौन छ । विराटनगरका एक व्यवासयीले भनेः एक दुई जना व्यपारीको कारण गरी खाने सबै इमान्दार व्यापारी जनताको नजरमा चोर बनेको छ । र यसको सत्यतथ्य पत्ता लगाएर अवैध कारोवार गर्ने व्यापारीलाई कानुनी दायरामा ल्याउन जरुरी छ ।

नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अवैध कारोवारको बारेमा सत्यतथ्य पत्ता लगाउन उजुरी नै दिनु पर्छ र भन्ने प्रश्न गरेका छन् । सञ्चार माध्यममा लगातार केही दिन एता राठी र मुरारकाको बारेमा बाहिरिएको समाचारलाई आधार बनाएर सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्नुपर्छ ।