मोरङमा आत्महत्याको अवस्था भयावह– सिडियो यादव

  • चिरफार डटकम, विराटनगर ७४५  पटक हेरिएको

बिहिबार, बैशाख २१, २०८० समय : १४:२७:४० , १ वर्ष अगाडि

मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले जिल्लामा आत्महत्या गर्नेको अवस्था भयावह रहेको बताएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई राष्ट्रिय परिचय पत्र प्रकरणमा गृहमन्त्रालयमा तानिए पछि यादवले आइतबारदेखि मोरङ जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्व सम्हालेका छन् ।

सखुवा सभाबाट मोरङ आइपुगेका यादवले जिल्लामा आत्महत्या गर्नेको संख्या भयावह रहेकोले चिन्ताको विषय बनेको बताए । यादवले विहीबार पत्रकार सम्मेलन गरेर प्रत्येक दिन ३ देखि ४ जनाले मोरङ जिल्लामा आत्महत्या गरिरहेको तथ्याङ्क सार्वजनिक गरे । मैले मोरङ जिल्लाको नेतृत्व सम्हालेको ५ दिन मात्र भएको छ । तर प्रत्येक दिन ३ देखि ४ जनाको दरले आत्महत्या भईरहेको छ । र यो जिल्लाको हकमा चिन्ताको विषय बनेको छ ।

यस तर्फ सरोकारवाला निकायलाई झस्काएको यादवले बताए । पछिल्लो समय मोरङ जिल्लामा आत्महत्या गर्नेको संख्यामा वृद्धि भईरहेको छ । र केही दिन यता प्रत्येक दिन ३ देखि ४ जनाको दरले आत्महत्या गरिरहेका छन् । शान्ति सुरक्षा, विपद व्यवस्थापन र विकास निर्माणको कार्य प्राथमिकतामा रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।