- ... ९२२ पटक हेरिएको
आइतबार, पुष २४, २०७९ समय : १४:०६:३३ , २ वर्ष अगाडि
- ब्रह्ममदेव यादव, विराटनगर
नेकपा एमाले प्रदेश नं. १ संसदीय दलका नेता हिक्मत कार्की प्रदेश नं. १ को मुख्यमन्त्री बन्ने पक्का पक्की भएको छ । आइतबार बिहान नेकपा एमाले र नेकपा माओवादी केन्द्र संसदिय दलको बैठकले कार्कीलाई मुख्यमन्त्री बनाउने सर्वसम्वत निर्णय गरेका थिए ।
यस अघि प्रदेश सभाको सबैभन्दा ठुलो दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीमा दावी गरेपछि सरकार गठनमा ढिलाई भएको थियो । र अन्तमा सत्ताघटक दलका शिर्षनेताहरुले प्रदेश नं. १ सरकारको नेतृत्व नेकपा एमालेले गर्ने टुङ्गो लगाएपछि कार्की सर्वसम्वत मुख्यमन्त्री बन्ने टुङ्गो लागेको छ ।
नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादी पार्टी नेपालका १ गरी ६० सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बन्न लागेको हो ।
९३ सदस्य १ नं. प्रदेस सभामा नेपाली कांग्रेसका २९ र नेकपा एकिकृत समाजवादीका ४ सांसद रहेका छन् । र उनिहरु अब प्रतिपक्षमा बस्ने पक्का पक्कि भएको छ ।
प्रदेश नं. १ का प्रदेश प्रमुख पर्शुराम खापुङले पुस १७ गते १ साताको समय अवधि दिएर पुस २४ गते भित्र दलहरुलाई सरकार बनाउने दावी पेश गर्न समय सिमा तोकेको थियो । जुन समय सिमा आज सकिदै छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपा नेपाल गरी ६० सांसदको समर्थन लिएर कार्की आज ४ बजे प्रदेश प्रमुख खापुङ समक्ष सरकार बनाउने दाबी पेश गर्दैछ । र आज नै प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने कार्यक्रम छ ।
सोमबार प्रदेश सभामा कार्कीले मुख्यमन्त्री पदको सफत लिनेछ । ४ दलिय गठबन्धनबाट सरकारमा सहभागी हुने मन्त्रीलाई सोमबार मुख्यमन्त्री कार्कीले सफथ गराउने कार्यक्रम रहेको छ । ४ दलिय सत्ता गठबन्धबाट प्रदेशमा ककसलाई मन्त्री बनाउने विषयमा दलहरु छलफलमा जुटेको छ ।