उद्योग संगठन मोरङमा राकेश सुरानाको आगमन, प्रदिप मुरारकाको बर्हिगमन

  • चिरफार डटकम, विराटनगर ५०४  पटक हेरिएको

शनिबार, बैशाख ३०, २०८० समय : १४:५१:२८ , १ वर्ष अगाडि

उद्योग संगठन मोरङमा राकेश सुरानाको सान्दार पुनरागमन भएको छ । अध्यक्ष पदको दौडमा रहेका निवर्तमान बरिष्ठ उपाध्यक्ष प्रदिप मुरारकाको बर्हिगमन भएका छन् । २ बर्ष अगाडी उद्योग संगठन मोरङको १५औं कार्यकारिणी समितिकालागि सबै पदमा सर्वसम्वत भएपनि बरिष्ठ उपाध्यक्ष पदमा राकेश सुराना र प्रदिप मुरारका बिच चुनाव भएको थियो ।

मुरारका सँग झिनो मतान्तरले सुराना पराजित भएका थिए । १६औं कार्यकारिणी समितिमा राकेश सुराना अध्यक्ष पदमा निर्वाचित भएका छन् । अध्यक्ष पदमा कसैले उम्मेदवारी नदिएपछि राकेश सुराना सर्वसम्वत अध्यक्ष चुनिएका छन् । अध्यक्ष पदको दौडमा रहेका निवर्तमान उपाध्यक्ष नन्दकिशोर राठीलाई बरिष्ठ उपाध्यक्ष बनाउने गरी राकेश सुरानाले बेग्लै प्यान खडा गरेर चुनावी मैदानमा होमिएपछि रोलक्रम अनुसार अध्यक्ष बन्ने पक्कापक्की जस्तै रहेको प्रदिप मुरारकाले अध्यक्ष पदमा उम्मेदवारी नै दर्ता गराएनन् । र संगठनबाट प्रदिप मुरारकाको दुःखद बिदाई भएका छन् ।

राकेश सुराना अध्यक्ष रहेको १६औं कार्यकारिणी समितिको बरिष्ठ उपाध्यक्षमा नन्दकिशोर राठी, उपाध्यक्षमा राजकुमार गोल्छा, भोलेश्वर दुलाल (भोला) र विपिन काबरा सर्वसम्वत चयन भएका छन् । सुबोध बोइराला कोषाध्यक्ष चुनिएका छन् । राजन खत्री, सुरेन्द्र गोल्छा, पारस लुनिया, सौरभ सारडा, दिपक अग्रवाल, सन्तोष भगत, श्रृजन प्याकुरेल र विरेन्द्र राठी सदस्य चुनिएका छन् । उद्योग संगठन मोरङको १६औं कार्यकारिणी समितिमा दिपक अग्रवाल, विरेन्द्र राठी, श्रृजन प्याकुरेल र सन्तोष भगत नयाँ सदस्यको रुपमा भित्रीएका छन् ।

संजय अग्रवाल, तारानाथ निरौला, सुदिप घिमिरे र सुनिल धनावतको संगठनबाट बहिरगमन भएका छन् । अरुण ईट्टा उद्योगका संचालक राजन खत्रीले उद्योग संगठन मोरङको १६औं कार्यकारिणी समितिमा हेट्रिक गरेका छन् । राजन खत्री लगातार ३ पटक उद्योग संगठन मोङको कार्यकारिणी समितिमा सदस्य पदमा निर्वाचित भएर नयाँ रेकर्ड कायम गरेका छन् । उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष सुयस प्याकुरेलले नयाँ निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेका छन् ।