रेशम चौधरीको रिहाइ र कोशी प्रदेश नामाकरण खारेज एक साथ नभए ससक्त आन्दोलन गर्ने चेतावनी

  • चिरफार डटकम, विराटनगर ४८०  पटक हेरिएको

शुक्रबार, जेठ ०५, २०८० समय : १५:१६:११ , १ वर्ष अगाडि

नागरिक उन्मुक्ति पार्टी (एकीकृत) ले रेशम चौधरीको रिहाइ र कोशी प्रदेश नामाकरण खारेज एक साथ नभए ससक्त आन्दोलन गर्ने सरकारलाई चेतावनी दिएका छन् । नागरिक उन्मुक्तिल पार्टी एकिकृतका केन्द्रय सदस्य तथा कोशी प्रदेश संयोजक जीवन धामी चौधरी र कोशी प्रदेश नाम खारेजी आन्दोलन परिचालन समितिका संयोजक तथा नागरिक उन्मुक्ति पार्टी (एकीकृत) का केन्द्रिय सदस्य धनबहादुर पङधाकले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा धामी चौधरीले ७ बर्षदेखि कैलालीको टिकापुर घटनामा रेशम चौधरीलाई दोषी करार गरेर राजबन्दीका रुपमा राखिएकोले अविलम्ब रिहाई गर्न माँग गरेको छ । यदि राज्यले रेशम चौधरीलाई विना शर्त तुरुन्त रिहाई नगरे देशमा ससक्त आन्दोलन हुने र यसको जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी दिएको छ ।
कोशी प्रदेश नामखारेजी आन्दोलन परिचालन समितिका संयोजक पङधाकले रेशम चौधरीको रिहाइ र कोशी प्रदेश नाम खारेजी एक साथ नभए देशमा ससक्त आन्दोलन हुने र त्यो आन्दोलनले राजनैतिक दललाई सरकारबाट निष्काशन गर्ने बताए ।