भन्सार एजेन्ट महासंघ नेपालको नाममा ठगी धन्दा

  • ब्रह्मदेव यादव, विराटनगर २३९२  पटक हेरिएको

मंगलबार, जेठ ३०, २०८० समय : १६:५१:२५ , १ वर्ष अगाडि

भन्सार एजेन्ट महासंघ नेपालको नाममा मोटो रकम ठगी भएको छ । विराटनगर भन्सार कार्यालयलाई कार्यक्षेत्र बनाएर भन्सार एजेन्टको काम गरिरहेका व्यक्तिको फर्मलाई कम्पनीमा दर्ता गरिदिने आस्वासन दिएर एजेन्ट संघका पदाधिकारीहरुले मोटो रकम ठगी गरेका हुन् ।

विराटनगर भन्सार कार्यालयमा काम गरिरहेका १० जना भन्दा बढि भन्सार एजेन्टहरु सँग कम्पनी दर्ता गरिदिने आस्वासन दिएर जनही ५० हजार रुपैयाँका दरले रकम असुली गरेर ठगी गरिएको हो । विराटनगर भन्सार कार्यालय सहित देश भरीका ३३ वटा भन्सार नाकाका भन्सार एजेन्टहरु सँग फर्म दर्ता गरिदिने नाममा रकम असुली गरिएको छ ।

जुन मोटो रकम हो । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकिनन्दन शर्माले जनही ५० हजारका दरले भन्सार एजेन्ट सँग रकम असुली गरेर गठी गरेका हुन् । करिब डेढ बर्षअघि भन्सार विभागले नयाँ एजेन्टहरुको लागि लिखित र मौखिक परीक्षा लिनुअघि पुरानो एजेन्टहरुसँग भन्सार एजेन्ट संघका पदाधिकारीहरुले रकम असुली गरिएको भएपनि कुनै पनि भन्सार एजेन्टको फर्मलाई कम्पनीमा दर्ता गर्न सकेन । यतिखेर भन्सार एजेन्ट महासंघ नेपालको नाममा भएको ठगी धन्दाको रहस्य बाहिरिएको छ ।

विराटनगर भन्सार कार्यालयमा कार्यालयका एजेन्ट दयानन्द मण्डलले आफ्नो फर्मलाई कम्पनीमा दर्ता गरिदिने आस्वासन दिएर मोटो रकम असुली गरिएको बताए । उनले आफ्नो फर्म कम्पनीमा दर्ता नभएपछि पटक पटक एजेन्ट संघका अध्यक्ष शर्मासँग रकम फिर्ता माग्दा पनि रकम फिर्ता नगरी आलटाल गरिरहेको बताए ।

विराटनगर भन्सार कार्यालयलाई कार्यक्षेत्र बनाएर काम गरिरहेका भन्सार एजेन्ट चेतनाथ पौडेल, दयानन्द मण्डल, किशोरबहादुर शाही नारायणप्रसाद रेग्मी, विनोद पौदार, सुरेश अग्रवाल, राजेश गुप्ता सँग विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष शर्माले रकम असुली गरेर ठगी गरेका हुन् । अध्यक्ष शर्माले एक पटक कम्पनीमा फर्म दर्ता भईसकेपछि छोरा नाती बषौंसम्म एजेन्टको रुपमा काम गर्न पाउने झुटो आस्वासन दिएर शर्माले झुक्याएर एजेन्ट सँग रकम ठग्न सफल भएका थिए ।

अध्यक्ष शर्माले आफुले एजेन्टहरु सँग उठाएको रकम भन्सार एजेन्ट महासंघ नेपालको केन्द्रिय कार्यालयमा बुझाएको बताए । भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रिय अध्यक्ष भरतराज घिमिरेले भन्सार एजेन्टहरुको फर्मलाई कम्पनीमा दर्ता गराईदिने महासंघको कुनै नीति नरहेकोले एजेन्टहरु सँग रकम असुली नगरिएको बताए ।