जुनु भट्टराईलाई सुदर्शन देवकोटा स्मृती स्वास्थ्य पत्रकारीता पुरस्कार

  • चिरफार डटकम, विराटनगर ७८०  पटक हेरिएको

शुक्रबार, आषाढ ०८, २०८० समय : १४:३०:१६ , १ वर्ष अगाडि

विराटनगरका पत्रकार जुनु भट्टराईलाई सुदर्शन देवकोटा स्मृती स्वास्थ्य पत्रकारीता पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशी ३३,३३३ रुपैयाँ रहेको छ । शारदा सुदर्शन देवकोटा फाउण्डेसनले शुक्रबार विराटनगरमा कार्यक्रम गरेर तेस्रो संस्करणको सुदर्शन देवकोटा स्मृती स्वास्थ्य पत्रकारीता पुरस्कार पत्रकार भट्टराईलाई प्रदान गरेको हो ।

कोशी प्रदेशका सभामुख बाबुराम गौतम, कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री तीलकुमार म्याङवो लिम्बु, कोशी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री जयराम यादव, फाउण्डेसनका अध्यक्ष तथा कोशी प्रदेशका स्वास्थ्य सचिव सुधादेव देवकोटा, फाउण्डेसनका कार्यकारी निर्देशक तेजकुमार वास्तोला, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष बरिष्ठ पत्रकार लिलाबल्लभ घिमिरे, स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेल, सल्लाहकार बुद्धि कट्टेलले पत्रकार भट्टराईलाई नगद सहित सम्मान पत्र प्रदान गरेको हो । यस अघि फाउण्डेसनले पत्रकार सपना पौडेल र पवित्रा सुनुवारलाई पुरस्कार प्रदान गरिसकेका छन् ।