- चिरफार डटकम, विराटनगर ७२८ पटक हेरिएको
आइतबार, आषाढ १०, २०८० समय : ११:४४:४९ , १ वर्ष अगाडि
देवकीनन्दन शर्माले विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा सान्दार जित निकालेको छ । आफ्ना प्रतिस्पधी हरि ठाकुरलाई ३० मतको अन्तरले पराजित गर्दै शर्मा दोस्रो कार्यकालका लागि विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा निर्वाचित भएका छन् ।
शनिबार विराटनगरमा सम्पन्न विराटनगर भन्सार एजेन्ट संघको ११औं वार्षिक साधारण सभा तथा ५औं अधिवेशनले शर्मालाई दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित गरेको हो । शर्माले ३८ मत प्राप्त गरेर अध्यक्ष पदमा निर्वाचित भएका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार हरि ठाकुरले ८ मत प्राप्त गरेर पराजित भएका थिए । २ मत बदर भएको थियो ।
भन्सार एजेन्ट संघको निर्वाचनमा ४८ जना मतदानमा सहभागि थिए । संघमा ६३ जना सदस्य रहेका छन् । संघको बरिष्ठ उपाध्यक्षमा विवेक यादव, उपाध्यक्ष दिक्षा पौडेल, सचिव अनिश खनाल, सह–सचिवमा मम्ताज राइन, कोषाध्यक्षमा सुनिल लाभ निर्वाचित भएका छन् । तारा पुलामि, दिपक चौधरी र केशव गिरी संघको कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।
संघका निर्वाचित पदाधिकारीहरुको कार्यकाल ३ वर्षको रहने व्यवस्था छ । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले शनिबार संघको ११औं वार्षिक साधारण सभा एवं ५औं अधिवेशनको उद्घाटन गरेका थिए ।
भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रिय अध्यक्ष भरत घिमिरे, निवर्तमान अध्यक्ष शान्तिकुमार शर्मा, प्रथम उपाध्यक्ष काशिराज उपाध्याय, तृतिय उपाध्यक्ष चेतनाथ पौडेल, केन्द्रिय सदस्य प्रविण जोशीको आतिथ्यमा संघको साधार सभा एवं अधिवेशन सम्पन्न भएको थियो ।