तेरापंथ युवक परिषद् विराटनगरका नवनिर्वाचित पदाधिकारीको पदस्थापन

  • चिरफार डटकम, विराटनगर ७१४  पटक हेरिएको

शुक्रबार, आषाढ १५, २०८० समय : १९:५२:५९ , १ वर्ष अगाडि

तेरापंथ युवक परिषद् विराटनगरका नवनिर्वाचित अध्यक्ष मोहित लालवानीले शुक्रबार कार्यसमिति विस्तार गरेको छ । परिषदको साधारण सभाले लालवानीलाई अध्यक्ष पदमा निर्वाचित गरेका थिए । जैन धर्मगुरु डा. ज्ञानेन्द्र मुनिको प्रमुख आतिथ्यमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लालवानी सहित परिषद्मा मनोनित पदाधिकारीहरुलाई एकैपटक सपथ ग्रहण सँगै पदस्थापन गराईको छ ।

परिषद्को उपाध्यक्षमा मधुर दुगढ र पवन पारख, सचिवमा अरिहन्त दुगढ, सह–सचिवमा सत्यप्रकाश लुनियाँ र गौरव लालवानी, कोषाध्यक्षमा पवन बोथरा, सह–कोषाध्यक्षमा शुभम दुगढ, संगठन सचिवमा मोहित गुलगुलिया र प्रचार सचिवमा प्रेम पारखको पदस्थापन भएको छ । नवनिर्वाचित अध्यक्ष लालवानीको अध्यक्षतामा ५० सदस्य कार्यसमिति गठन गरिएको छ ।

परिषद्का पदाधिकारीहरुले शुक्रबार नै विराटनगर–५ स्थित स्वास्थ्य चौकीलाई स्व. भीमराज धनपत नौलखाको स्मृतिमा बेड हस्तान्तरण गरिएको छ । विराटनगर स्थित तेरापंथ भवनमा कार्यरत कर्मचारी बसन्त जैन चौधरीलाई १ थान ई–स्कुटी प्रदान गरिएको छ ।

परिषद्ले विजय सुराना र गणपत नौलखालाई सम्मान गरेको छ । कार्यक्रममा विशिष्ट अतिथि परिषदका संस्थापक अध्यक्ष फुलकुमार लालवानी, जैन महासभाका केन्द्रिय सदस्य राकेश नाहाटा, अखिल भारतीय तेरापंथ युवक परिषदका केन्द्रिय सदस्य जिनेन्द्र नौलखा (जितु), नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रिय उपाध्यक्ष गोपाल अग्रवाल, जैन स्वेताम्बर तेरापंथी सभा विराटनगरका अध्यक्ष सतिश दुगढ, महासचिव सुरेन्द्र नौलखा, तेरापंथ युवक परिषद् विराटनगरका निर्वतमा अध्यक्ष पंकज लुनियाँ, पूर्व अध्यक्ष विकास लालवानी र नेपाली कांग्रेसका युवा नेता कृष्ण कार्कीको सहभागितामा परिषद्ले सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न गरेको थियो ।