शिक्षादीप कलेजले ८५० विद्यार्थी मात्रै भर्ना लिने

  • चिरफार डटकम, विराटनगर ४५२  पटक हेरिएको

शुक्रबार, आषाढ २२, २०८० समय : १५:४५:४१ , १ वर्ष अगाडि

विराटनगरस्थित शिक्षादीप कलेजले कक्षा ११ मा विज्ञान संकाय र व्यवस्थापन संकाय तर्फ ८५० जना विद्यार्थीको मात्रै भर्ना लिने तयारी गरेको छ । विज्ञान संकाय तर्फ ६०० र व्यवस्थापन संकाय तर्फ २५० गरेर ८५० विद्यार्थीको मात्रै भर्ना लिने कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए ।

कलेजले नयाँ भर्ना लिने विद्यार्थीको हकमा विज्ञान संकाय तर्फ असार २५ गते सोमबार र व्यवस्थापन संकाय तर्फ असार २७ गते बुधबार प्रवेश परिक्षा लिने तयारी गरेको छ । जसका लागि असार २२ गते शुक्रबारदेखि नयाँ भर्नाकोलागि फारम वितरण अभियान सञ्चालन गरेको छ । अघिल्लो वर्षसम्म कलेजले कक्षा ११ मा विज्ञान संकाय र व्यवस्थापन संकाय तर्फ गरेर १५०० भन्दा बढि नयाँ विद्यार्थीको भर्ना लिने गरेका थिए ।

शिक्षादीप कलेजको विराटनगर–९ स्थित मेनरोडमा विज्ञान संकाय र व्यवस्थापन संकाय तर्फ आफ्नै स्वामित्वको सुविधा सम्पन्न आलिसान महल छ । भाडाको घरमा संचालित पुरानो भवन खाली गरिदिएको अवस्था छ । त्यसकारण नयाँ विद्यार्थी भर्नामा संख्या कटौती गरिएको छ । विज्ञान र व्यवस्थापन संकाय तर्फ शिक्षादीप कोशी प्रदेशकै उत्कृष्ट कलेज हो । कोशी प्रदेशको राजधानी विराटनगर शैक्षिक हब पनि हो ।

जहाँ शिक्षादीप कलेजले आफुलाई प्रदेश सहित देशकै उत्कृष्ट कलेजको रुपमा पहिचान बनाउन सफल भएको छ । नेपालको सबैभन्दा लोकप्रिय एवम् प्रतिष्ठिन सामाजिक संस्था फोकस नेपालले विगत ३ वर्षदेखि लगातार शिक्षादीप कलेजलाई उत्कृष्ट माध्यमिक विद्यालय तथा कलेज घोषणा गर्दै पुरस्कृत एवं सम्मान प्रदान गरेको छ ।