- चिरफार डटकम, विराटनगर ७०१ पटक हेरिएको
आइतबार, आषाढ २४, २०८० समय : १८:१७:४२ , १ वर्ष अगाडि
नेकपा एमाले निकट नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट) ले मजदुरलाई बाच्न सक्ने गरी तलव वृद्धि गर्न उद्योगी व्यवसायी सँग माग गरेको छ ।
नेपाल टे«ड यूनियन महासंघ जिफण्टको कोशी प्रदेश कमिटिले आइतबार विराटनगरमा शक्ति पदर्शन गर्दै एकैपटक २ वर्षको महङ्गाईलाई ध्यानमा राखेर तलव वृद्धि गर्न उद्योगी व्यवसायी र सरकारलाई सुझाव दिएको छ । प्रत्येक दुई दुई वर्षमा मजदुरको तलव वृद्धि हुन्छ ।
यस वर्ष तलव वृद्धिको वर्ष हो । र आगामी साउन १ गतेदेखि तलव वृद्धि हुदैछ । जिफण्टका कोशी प्रदेश कमिटिका अध्यक्ष किशोर धमलाको नेतृत्वमा आइतबार विराटनगरको श्रम तथा रोजगार कार्यालयमा तलव वृद्धिको माग गर्दै धर्ना र नारावाजी गरिएको छ । अध्यक्ष धमलाले कार्यालय प्रमुख खगेन्द्र सुवेदी मार्फत श्रम तथा रोजगार मन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।
प्रत्येक २/२ वर्षमा मजदुरको तलव वृद्धि हुने भएकोले आगामी २ वर्षको महङ्गाईलाई ध्यानमा राखेर तलव वृद्धि हुनुपर्ने धमलाले माग गरेको छ । जिफण्टले श्रम डेक्सको स्थापना, श्रमिक पंजिकरण, श्रम कानुन कार्यान्वयन योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई कार्यान्वयन गर्न माग गरेको छ ।