- ब्रह्मदेव यादव, विराटनगर ५९६ पटक हेरिएको
सोमबार, आषाढ २५, २०८० समय : १४:१८:०० , १ वर्ष अगाडि
विराटनगरको शिक्षादीप कलेजमा विज्ञान विषय अध्ययन गर्न विद्यार्थीको चाप बढ्दो छ । कलेजले नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा विज्ञान संकायतर्फ ६ सय विद्यार्थी भर्ना लिने तयारी गरेको छ । तर ६ सय सिटकालागि कलेजले सोमबार लिएको प्रवेश परीक्षामा ३६ सय भन्दा बढि विद्यार्थी सहभागी भए । शिक्षादीप कलेजको विराटनगर–९ स्थित कलेज रोडमा आफ्नै स्वामित्वको विज्ञान संकाय र व्यवस्थापन संकाय गरेर २ बेल्ला बेल्लै सुविधा सम्पन्न आलिसान भवन छ । र दुवै ५ तल्ले भवनमा सोमबार प्रवेश परीक्षा दिन विद्यार्थी खचाखच भरिएका थिए ।
कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विज्ञान विषय अध्ययन गर्न प्रवेश परीक्षामा सहभागीता जनाएका मध्ये बढि नं. ल्याउने ६ सय विद्यार्थीलाई भर्ना लिने बताए । कलेजले २७ गते बुधबार व्यवस्थापन संकाय तर्फको प्रवेश परीक्षा लिने तयारी गरेको छ । कलेजले नयाँ शैक्षिक सत्रकालागि कक्षा ११ मा विज्ञान संकायतर्फ ६ सय र व्यवस्थापन संकाय तर्फ २५० गरेर ८५० मात्रै विद्यार्थी भर्ना लिने तयारी गरेको छ ।