- चिरफार डटकम, विराटनगर ५५४ पटक हेरिएको
बुधबार, आषाढ २७, २०८० समय : १५:४०:१५ , १ वर्ष अगाडि
विराटनगरका अभिषेक श्रेष्ठ चिभनिगं एल्मुनाइ एशोसियशन नेपालको अध्यक्ष चयन भएका छन् । चिभनिगं एशोसियशन नेपाल बेलायतको विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको संस्था हो ।
संस्थाको साधारण सभाले विराटनगरका अभिषेक श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो । रोजी जोशी उपाध्यक्ष, निश्चल खरेल महासचिव, जुनु श्रेष्ठ कोषाध्यक्ष, सुजन शिल्पकार सहसचिव र विनोद पराजुलिलाई संयुक्त कोषाध्यक्ष पदको जिम्मेवारी सुम्पिएको हो ।
मनोज पौडेल, आशिका शर्मा, बसन्त शर्मा, अमन श्रेष्ठ, प्रदिप घिमिरे, उत्तम पुडासैनी र विराट ढुंगानाले कार्यसमिति सदस्य पदको जिम्मेवारी पाएका छन् । बेलायत सरकारको सहयोगमा बेलायतको विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको चिभनिगं एल्मुनाई एशोसियशन नेपाल, चेवेनिगं छात्रवृत्ति र फेलोसिप प्राप्त गर्ने पूर्व विद्यार्थीहरुको नेटवर्क हो । यो नेटवर्कले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्न, जलवायु, उर्जा र कानुनको क्षेत्रमा काम गरि रहेको छ ।