कान्तिपुर कलेजमा प्रवेश परीक्षा दिन विद्यार्थीको घुईंचो

  • चिरफार डटकम, विराटनगर ३८१  पटक हेरिएको

बुधबार, आषाढ २७, २०८० समय : १८:१०:३६ , १ वर्ष अगाडि

विराटनगरको कान्तिपुर कलेजमा भर्नाकालागि अनिर्वाय गरेको प्रवेश परीक्षा दिन बुधबार विद्यार्थीको घुईंचो नै लाग्यो । तर फारम लगेका ३०० भन्दा बढि विद्यार्थी पानी परेको कारण प्रवेश परीक्षामा सहभागी हुन सकेनन् ।

कलेजले प्रवेश परीक्षा दिन छुटेका विद्यार्थीलाई पुनः प्रवेश परीक्षामा सहभागी गराउने जानकारी गराएको छ । कान्तिपुर विज्ञान संकाय, व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकाय तर्फको उत्कृष्ठ कलेज हो । कलेजले कक्षा ११ मा भर्नाका लागि बुधबार ३ वटा विषयकालागि लिएको प्रवेश परीक्षामा १४३५ जना विद्यार्थी सहभागी भए । जसमध्ये ८५० विद्यार्थीलाई भर्ना लिने कलेज प्रशासनले जानकारी गराएको छ ।

कलेजका प्रिन्सिपल भेषराज नेपाल (भुवन) का अनुसार विज्ञान संकाय तर्फ ३५० सिटका लागि ६३०, व्यवस्थापन संकाय तर्फ ३५० सिटका लागि ६१० र होटल व्यवस्थापन संकाय तर्फ १५० सिटकालागि २०५ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् ।

कलेजले अघिलले वर्ष यि ३ वटौ विषयमा ८५२ जना विद्यार्थीलागि भर्ना लिएका थिए । कलेजले आर्थिक वर्ष २०८०/०८१ का लागि ८५० जना विद्यार्थी भर्ना लिने तयारी गरेको छ ।