- ब्रह्मदेव यादव, विराटनगर ६९९ पटक हेरिएको
बिहिबार, आषाढ २८, २०८० समय : १७:५६:२४ , १ वर्ष अगाडि
विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्र राज ढकालले भन्सार अधिकृतलाई कम मुल्याङ्कन गरेर सामान किन छोडेको भन्दै स्पष्टिकरण माथि स्पष्टिकरण सोधेको सोधै छ । जसको कारण भन्सार प्रमुख ढकाल र भन्सार अधिकृत बिच सम्बन्ध चिसिएको छ । जसको कारण भन्सार राजस्व असुली प्रभावित बन्न थालेका छन् ।
विराटनगर भन्सार कार्यालयबाट दोस्रो तथा तेस्रो देशबाट सामान नेपाल तर्फ आयात हुने गरेको छ । तेस्रो देशबाट नेपाल तर्फ आयात हुने गरेको सामान भन्सार कार्यालयको मुल्याङ्कन शाखाले सामानको मुल्याङ्कनको टुंगो लगाउने गरेको छ । दोस्रो देशबाट नेपाल तर्फ आयात हुने गरेको सामानको मुल्याङ्कन गरेर सामान छोड्ने अख्तियारी अधिकृत र जाँचकीलाई भन्सार ऐनले अधिकार प्रत्यायोजन गरेको छ । भन्सार ऐनले प्रत्यायोजन गरेको अधिकार प्रयोग गरेर सामानको मुल्याङ्कन गरेर सामान छोड्दा भन्सार प्रमुख ढकालले कम मुल्याङ्कन किन गरिस भन्दै अधिकृत र जाँचकीलाई दिनहुँ स्पष्टिकरण माथि स्पष्टिकरण सोधिरहेका छन् ।
नेपाल सरकारको अर्थमन्त्रालय र भन्सार विभागले लक्ष्य अनुसारको राजश्व असुली गर्न विराटनगर भन्सार प्रशासन माथि दवाव श्रृजना गरेकोले दोस्रो देशबाट नेपाल तर्फ आयत हुने गरेको सामानलाई ऐन र नियम विपरित बढि मुल्याङ्कन गरेर राजश्व असुली गर्न भन्सार प्रमुख ढकालले अधिकृत माथि दवाव दिई रहेका छन् । त्यस्तो नगरी ऐन नियम बमोजिम सामान जाँचपास गरेर छोड्दा स्पष्टिकरण माथि स्पष्टिकरण सोध्ने क्रम निरन्तर भई रहेको छ ।
यसरी कम मुल्याङ्कन गरेर सामान छोड्ने अधिकृत माथि भन्सार प्रमुख ढकालले अनियमितता गरेको आरोप लगाएका छन् । भारतमा १०० रुपैयाँ लागतमा उत्पादन भई रहेको सामानमा २०० रुपैयाँसम्म भन्सार राजश्व कायम गर्दा त्यही सामान उत्पादन गरिरहेको नेपाली उद्योगका सञ्चालक सँग विराटनगर भन्सार कार्यालयका प्रमुख ढकालले गोप्य रुपमा साठगाठ गरेर फाइदा लिइ रहेको भन्सार अधिकृतले भन्सार प्रमुख ढकाल माथि उल्टै आरोप लगाएका छन् ।
तेस्रो देशबाट विराटनगर भन्सार कार्यालय हुँदै नेपाल तर्फ आयात हुने गरेको सामानमा ५०० प्रतिशतसम्म बढि राजश्व असुली गर्न थालेपछि सामान आयात गर्ने व्यवसायीले विराटनगर भन्सार कार्यालय छोडेर अन्य भन्सार कार्यालय तर्फ सामान आयात गर्न पलायन भएका छन् । र जे जति सामान आयात भईरहेका छन् ति सामानमा उद्योगी व्यवासयीको विराटनगर भन्सार कार्यालयका प्रमुख ढकालबाट दोहन भई रहेको छ । जुन कार्यमा सरकार र भन्सार विभाग दोसी रहेको छन् । अर्थात यस कार्यमा सरकार र विभागको प्रत्यक्ष संलग्नता रहेको उद्योगी व्यवसायीको आरोप छ ।
विराटनगर भन्सार कार्यालयका प्रमुख ढकाल विराटनगर भन्सार कार्यालय आउँन मानिरहेका थिएनन् । ताराप्रसाद सापकोटालाई कारवाही गरेर विराटनगर भन्सार कार्यालयबाट सरुवा गरेपछि सरकारले ढकाललाई विराटगनर भन्सार कार्यालय प्रमुखको जिम्मेवारीमा पठाएका थिए । भन्सार प्रमुख ढकालले म गएपछि भन्सारमा कडाई गर्छु । र भन्सार राजश्व प्रभावित हुन्छ । भन्दा भन्दै सरकारले राजश्व घटेघटोस भन्दै ठकाललाई भन्सार प्रमुख बनाएर पठाएका थिए । भन्सार कार्यालयमा उद्योगी व्यवसायीको जेजति दोहन भईरहेको छ । यसमा सरकार जिम्मेवार छ । सरकारले निर्धारण गरेको अनुपातमा विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/०८० मा ५० प्रतिशतले मात्रै राजश्व असुली गरेका छन् ।