- चिरफार डटकम, विराटनगर १७८८ पटक हेरिएको
सोमबार, साउन ०८, २०८० समय : १४:४५:०४ , १ वर्ष अगाडि
विराटनगर भन्सार एजेन्ट संघले गैरभन्सार एजेन्टलाई काम नदिन उद्योगी तथा व्यापारी संघसंस्थालाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) कोशी प्रदेश समितिको भन्सार समन्वय समितिका सभापति तथा भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रिय सदस्य प्रविण जोशी र विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्मा नेतृत्वको टोलीले सोमबार उद्योगी तथा व्यापारीक संघसंस्थालाई ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति र मोरङ व्यापारलाई सोमबार ज्ञापन पत्र बुझाउदै जोशीले अनाधिकृत रुपमा विराटनगर भन्सार कार्यालयमा गैरभन्सार एजेन्टको रुपमा आयात निर्यात सम्बन्धी काम गरिरहेकालाई प्रतिबन्ध लगाउन माग गरेको छ ।
विराटनगर भन्सार कार्यालयमा १३३ जना भन्सार एजेन्ट रहेका छन् । १०० भन्दा बढि गैरभन्सार एजेन्टले भन्सार कार्यालयमा आयात निर्यातको काम गरिरहेको छ । त्यस्ता गैरभन्सार एजेन्टलाई काम नदिन मोरङ व्यापार संघ मार्फत उद्योगी व्यवसायीलाई ध्यानाकर्षण गराईएको जोशीले बताए । चाडैनै नेपाल उद्योग परिसंघ कोशी प्रदेश कार्यालय र विराट व्यापार संघ विराटनगरलाई ज्ञापन पत्र बुझाउने जोशीले बताए ।