२०७९ सालभित्र राजसंस्था फर्काउने अभियान

  • ... ९२१  पटक हेरिएको

बुधबार, पुष २७, २०७९ समय : १७:४२:४० , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

नेपाल विद्धत परिषदले २०७९ सालभित्र राजसंस्था फर्काउने अभियान थालेका छन् । ३०१ औं श्री ५ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा परिषदले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा राजसंस्था फर्काउने अभियान सुरु भइसकेको जानकारी गराए ।

परिषदका केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेल, परिषदका केन्द्रीय उपाध्यक्ष तथा पूर्वाञ्चल संयोजक बल्लभप्रसाद दाहाल, पूर्वमन्त्री तथा नेपाली राजनीतिका टाइगर बद्रीप्रसाद मण्डल, राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङका अध्यक्ष माधवप्रसाद आचार्य, परिषदका मोरङ जिल्ला अध्यक्ष पुष्पराज दाहालले राजसंस्था फर्काउने अभियानको नेतृत्व समालेका छन् ।

राजतन्त्र र राजसंस्थाप्रति आस्था राख्ने नेपाली जनताको सहयोग लिएर २०७९ साल भित्र राजसंस्था पुर्नः स्थापना गरेर छाड्ने परिषदका केन्द्रीय अध्यक्ष अर्जेलको भनाई छ । परिषदका केन्द्रीय उपाध्यक्ष तथा पूर्वाञ्चल संयोजक दाहालले २०६२/०६३ को जनआन्दोलनको क्रममा सडकमा कतैकसैले राजसंस्था फाल्ने नारा नलगाएको तर दलहरु विदेशीको दवावमा जनताको म्याण्टेड बिपरित राजसंस्था फालेर गणतन्त्र घोषणा गरेकोले गणतन्त्रको विकल्पमा राजसंस्था पुर्नः स्थापनाको अभियान थालिएको बताए ।

विदेशमा काम गरिरहेका ५० लाख भन्दाबढी नेपाली जनताले पठाएको रेमेटेन्स रकमको दलहरुले दुरुपयोग गरिरहेको दाहालले बताए । ३०१औं पृथ्वी जयन्तीको अवसरमा सरकारले राष्ट्रिय बिदा दिने निर्णय गरेकोले परिषदले सरकारी निर्णयको स्वागत गरेको छ ।