विराटनगर भन्सार कार्यालयमा अधिकृत अधिकार विहीन

  • ब्रह्मदेव यादव, विराटनगर ७२९  पटक हेरिएको

शुक्रबार, साउन १२, २०८० समय : १८:४०:५८ , १ वर्ष अगाडि

विराटनगर भन्सार कार्यालयमा भन्सार अधिकृत अधिकार विहीनको अवस्थामा पुगेको छ । विराटनगर भन्सार कार्यालयकै ईतिहासमा भन्सार प्रमुखद्वारा भन्सार अधिकृतको अधिकार खोसिएको यो पहिलो घटना हो । प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालद्वारा भन्सार अधिकृतको अधिकार खोसिएको घट्ना प्रति नेपाल सरकारको अर्थमन्त्रालय र भन्सार विभाग मौन छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महत घट्नाको बारेमा जानकार हुँदा हुँदै मौन बस्नु रहस्यको विषय बन्न पुगेको छ । प्रमुख भन्सार अधिकृत ढकालको आदेश बिना भन्सार प्रशासनले उद्योगी व्यवसायीको सामान जाँच पास नगर्ने गरेको व्यवस्थाका कारण भन्सार अधिकृत अधिकार बिहीनको अवस्थामा पुगेको हो ।

तेस्रो देशबाट विराटनगर भन्सार कार्यालय हुँदै नेपाल भित्रीने सामान परिमाणको मुल्याङ्कन, मुल्याङ्कन शाखाले र दोस्रो देशबाट आयात हुने गरेको सामानको मुल्याङ्कन भन्सार अधिकृत र जाँचकीले गर्न पाउने भन्सार ऐनले व्यवस्था गरेको छ । तर प्रमुख भन्सार अधिकृत ढकालले भन्सार ऐनले गरेको व्यवस्था विपरित तेस्रो तथा दोस्रो देशबाट विराटनगर भन्सार कार्यालय हुँदै नेपाल तर्फ आयात भईरहेको सामानको जाँचपास प्रक्रियाप्रति आफु सन्तुष्ट नभएसम्म जाँचपास भएको सामान नछोड्न भन्सार प्रशासनलाई जारी गरेको उद्रीप्रति भन्सार अधिकृत असन्तुष्ट छ । अधिकार विहीनको अवस्थामा छ ।

भन्सार प्रमुख ढकाल एक हप्तादेखि काठमाडौंमा बस्दापनि भन्सार प्रशासनले उद्योगी व्यवसायीको सामान परिमाणको मूल्याङ्कनको बारेमा अग्रिम जानकारी गराएर प्रमुख भन्सार अधिकृत ढकालले आदेश दिएपछि मात्रै उद्योगी व्यवसायीको सामान छुट्का हुन् । जुन कार्यप्रति भन्सार अधिकृत असन्तुष्ट छ । विराटनगर भन्सार प्रशासनले देशको राजश्व बढाउन प्रमुख भन्सार अधिकृत ढकालले चालेको कदमको भन्सार अधिकृतहरुले स्वागत गर्नुपर्ने आधिकारीक धारणा बाहिर ल्याएको छ ।