- ब्रह्मदेव यादव, विराटनगर ७०५ पटक हेरिएको
शुक्रबार, साउन १९, २०८० समय : १८:३२:४९ , १ वर्ष अगाडि
उद्योग संगठन मोरङले उद्योगीलाई पलयान गर्न खोजेकै हो भन्ने सरकारसंग प्रश्न गरेको छ । उद्योग संगठन मोरङले निजी क्षेत्रलाई कसरी हेर्ने “सुन्ने कि थुन्ने” विषयमा शुक्रबार विराटनगरमा आयोजना गरेको अर्थबहस कार्यक्रममा पूर्वक्षेत्रका उद्योगीहरुले सरकार समक्ष यस्तो प्रश्न तेर्साएको हो । संगठनका अध्यक्ष राकेश सुरानाले उद्योगीलाई सरकारले नथुनिदिनु भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको बताए ।
अध्यक्ष सुरानाले गलत गर्ने केही भएपनि सबै उद्योगी व्यवसायीलाई चोर, ठग भनेर चित्रण गरिएकोले देशमा थप लगानीको नयाँ उद्योग संचालन नहुने र संचालनमा रहेको उद्योगी सहित पुँजी पलायन हुने अवस्था सृजना हुन लागेको बताए । उद्योग संगठ मोरङको कार्यक्रममा पूर्वक्षेत्रका उद्योगीले सत्ताघटक र प्रतिपक्ष प्रमुख राजनैतिक दलका संघिय सांसद समक्ष उद्योगीलाई सुन्ने की थुन्ने विषयमा पार्टीगत धारणा बुझने प्रयास गरेका थिए ।
नेपाली कांग्रेसका प्रदिप पौडेल, नेकपा एमालेका एल.पी.सावा लिम्बु, नेकपा माओवादी केन्द्रका माधव सपकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झाले उद्योगीको कुरा सुन्ने र पार्टीको आधिकारीक धारणा दिने गरी कार्यक्रममा सहभागि थिए ।
प्रमुख पार्टीका संघिय सांसदहरुले आ–आफ्ना पार्टी उद्योगी तथा व्यवसायी हक हितका लागि आत्मसाथ गरेर अगाडी बढ्न तयार रहेको आधिकारीक धारणा सार्वजनिक गरे । कार्यक्रममा सहभागि वरिष्ट अधिवक्ता महेश थापाले दोषी प्रमाणित नभएसम्म उद्योगीलाई थुन्न नमिल्ने कानुनी व्यवस्था विपरित काम भई रहेकोले सरकारले अविलम्ब कडा कदम चाल्नुपर्ने सुझाव दिए ।
मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, वरिष्ठ उपाध्यक्ष अनुपम राठी, उपाध्यक्ष अनिल साह, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष विपिन काबरा, कार्यकारिणी सदस्य पारस लुनिया, सौरभ सारडा सहित पूर्वक्षेत्रका उद्योगी व्यवसायी अर्थविदहरुको सहभागिता रहेको थियो ।