सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिने

  • चिरफार डटकम, विराटनगर १४२९  पटक हेरिएको

शुक्रबार, भाद्र ०१, २०८० समय : १७:२१:५८ , १ वर्ष अगाडि

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भाद्र ४ गते सोमबार विश्वासको मत हासिल गर्ने भएका छन् । मुख्यमन्त्री थापासँग सत्ताघटक ४ दलका ४७ सांसद रहेकोले गणित हिसाबले सहजै विश्वासको मत प्राप्त गर्ने छ । साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त थापाले ३० दिनभित्र कोशी प्रदेश सभाबाट विश्वासको मत हासिल गरिसक्नु पर्ने संबैधानिक व्यवस्था छ ।

मुख्यमन्त्री थापाले भाद्र ३ गते आइतबार विश्वासको मत हासिल गर्ने गरी कोशी प्रदेश सभा सचिवालयमा शुक्रबार निवेदन दर्ता गराएका छन् । प्रदेश सभा सचिवालयले भाद्र ३ गते आइतबार नै मुख्यमन्त्री थापाले विश्वासको मत हासिल गर्ने प्रक्रिया अगाडी बढाएपनि उपसभामुख श्रृजना दनुवारले भाद्र ४ गते सोमबार प्रदेश सभाको कार्यसूचिमा राख्न तोक आदेश लगाएकी छिन् । अब सोमबार नै मुख्यमन्त्री थापाले विश्वासको मत हासिल गर्नेछ ।

मुख्यमन्त्री थापासँग उसको आफ्नै दल नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी नेपालका १ गरेर ४७ सांसद छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सांसदका आवश्यकता पर्छ । मुख्यमन्त्री थापासँग स्पष्ट बहुमत छ । विपक्षमा नेकपा एमालेका ४० र राप्रपाका ६ गरेर ४६ सांसद रहेका छन् ।