- ब्रह्मदेव यादव, विराटनगर ५६३ पटक हेरिएको
आइतबार, भाद्र १०, २०८० समय : १६:३२:४८ , १ वर्ष अगाडि
विराटनगरको रानी नाका हुँदै भारत तर्फ भई रहेको सुनतस्करीमा ल्यापटपको प्रयोग भई रहेको छ । कोशी प्रदेशको विभिन्न पहाडी जिल्लाबाट भारतीय प्लेट नम्बरको गाडीबाट ल्यापटप प्रयोग गरेर भारत तर्फ सुन तस्करी भईहेका छन् । भारतको विभिन्न सहरबाट घुम्न कोशी प्रदेशको पहाडी जिल्ला पुग्ने भारतीय सुन तस्कर गिरोहले बस्ने गरेको होटलमै नेपाली सुन तस्कर गिरोहसँग मोटो परिमाणमा सुन खरिद गर्ने र त्यसरी खरिद गरिएको सुनलाई ल्यापटपमा सेट गरेर विराटनगरको रानी नाकाहुँदै भारतसम्म पु¥याउने गरेको समाचार सुत्रले जानकारी गराएको छ ।
सुत्रका अनुसार भारतीय सुन तस्कर गिरोहले ल्यापटपको सम्पूर्ण पाटपूर्जा निकालेर सुन प्याक वा सेट गरेर भारतसम्म पु¥याई रहेका छन् । भारतीय प्लेट नम्बरको गाडीलाई रानी नाकामा चेकजाँच नगर्दा सुन तस्कर गिरोहलाई नेपालबाट भारत तर्फ सुन लान सहज अवस्था तयार भएको हो । पछिल्लो समय कोशी प्रदेशको राजधानी विराटनगर सँगै सिमाना जोडिएको भारतको जोगबनीबाट किनमेल गरेर नेपाल फर्किने सर्वसाधारणको हकमा कडाई गरिएको छ ।
रानी नाकामा खटिएका जनपत प्रहरी, शसस्त्र प्रहरी सहित राष्ट्रिय अनुसन्धान, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको सादा पोशाकमा घुमुवा प्रहरी समेत परिचाल गरिएको छ । तर प्रहरीले जोगबनीबाट किनमेल गरेर फर्किने नेपालीको झोला पोका चेक जाँच गर्न व्यवस्थ भई रहेको अवस्थामा भारतीय सुन तस्कर गिरोहले भारतीय प्लेट नम्बरको गाडीबाट निर्वाद रुपमा सुन भारत भित्र्याई रहेका छन् । नेपाल सरकारले भारत सँग सिमाना जोडिएको अन्तर्राष्ट्रिय सिमानाकामा ड्यूटिमा खटाउने गरेको प्रहरी प्रविधिमा जानकार छैन ।
प्रविधिमा दक्ष नभएका प्रहरीलाई अन्तराष्ट्रिय सिमानाकामा खटाउँदा उसले मुबाईल, ल्यापटप लगायतका सामग्री चेकजाँच गर्न सक्दैन त्यसको भरपुर फाइदा उठाउँदै भारतीय तस्कर गिरोहले मोटो परिमाणमा सुन भारत भित्र्याई रहेका छन् । त्यसमा पनि नेपालबाट भारत तर्फ जाने भारतीय प्लेट नम्बरको गाडीको रानी नाकामा चेक जाँच नै हुँदैन । भयो भने एक मिनेटमै चेक जाँच पुरा हुन्छ । यस बाहेक भारतबाट पर्यटकीय बस नेपाल भित्रिने गरेको छ । र यसरी भित्रिएको बसको समेत चेक जाँच नहुँदा हतियारदेखि आतङ्कारी समूह नेपाल प्रवेश गरिरहेका छन् । यस विषयमा राज्यको ध्यान जान जरुरी देखिएको छ ।