विराटनगरको तस्करी खुल्न लागेकै हो ?

  • ब्रह्मदेव यादव, विराटनगर ५८३  पटक हेरिएको

मंगलबार, भाद्र १२, २०८० समय : १७:००:१६ , १ वर्ष अगाडि

केही समयदेखि पुर्ण रुपमा बन्द रहेको विराटनगरको तस्करी लाईन पुनः खुल्न लागेकै हो भन्ने चर्चा र बहस सुरु भएको छ । जब जब सिमा नाकाबाट तस्करी लाईन सुरु हुन्छ तब तब सुरक्षा निकायले तस्करी संचालनका लागि दक्ष मानिएको सुरक्षाकर्मी परिचालन गर्छन । केही समय अगाडी तस्करसँग रकम असुली गरेको आरोपमा कारवाही स्वरुप विराटनगर बाहिर सरुवा गरेका सुरक्षाकर्मी यतिखेर पुनः सिमा क्षेत्रमा देखिन थालेका छन् ।

राजनैतिक दलको दवाबलाई थेग्न नसकेर सुरक्षा निकायले पुनः तस्करी लाईन संचालन गर्न सादा पोसाकका दक्ष घुमुवा अर्थात सुरक्षाकर्मीलाई संगठित रुपमै तैनाथ गर्न लागेका हुन् । सशस्त्र र जनपत प्रहरीका घुमुवाले तस्करीको सामान बोकेको गाडीलाई गन्तव्य स्थलसम्म पु¥याउन स्कटिङ गर्ने परम्परा छ । सुरक्षाकर्मीले सिमान्त क्षेत्रबाट निस्केको तस्करीको सामान बोकेको गाडीलाई निर्धारित गन्तव्य स्थल र निर्धारित गन्तव्य स्थलबाट सामान बोकेको गाडीलाई सिमान्त क्षेत्रसम्म पुर्‍याउने जिम्मेवारी निर्वाह गर्ने गरेको छ ।

यस बापत तस्करी लाईन संचालन गर्ने प्रहरीका उच्चपदस्थ पदाधिकारीले मासिक रुपमा करोडौं र घुमुवाले लाखौं रुपैयाँ पाउने गरेको छ । नेपालीहरुको महान चार्डपर्व विजया दशमी, तिहार र छठ पर्व नजिक आइसकेको अवस्थामा राजनैतिक दलदेखि सुरक्षाकर्मीलाई मोटो रकम जोहो गर्नुपर्ने भएकोले तस्करी लाईन खुल्न लागेको प्रहरी निकट समाचार सुत्रले जानकारी गराएको छ ।