सिमान्त क्षेत्रको तस्करी प्रकरण

इलाका प्रहरी कार्यालय रानी घुमुवा विहिन

  • ... ११९८  पटक हेरिएको

शुक्रबार, पुष २९, २०७९ समय : १८:२३:४९ , २ वर्ष अगाडि

  • ब्रह्ममदेव यादव, विराटनगर

इलाका प्रहरी कार्यालय रानी घुमुवा विहिनको अवस्थामा छ । प्रहरीको भाषामा घुमुवा भनेको नेपाल भारतको सिमान्त क्षेत्रबाट हुने गरेको अवैध क्रियाकलाप, राजनीति गतिविधिदेखि चोरी तस्करी तथा लागुऔसत ओसारपोसार कारोबारमा संलग्न रहेको व्यक्तिको बारेमा गोप्य तरिकाबाट सूचना संकलन गरेर आफु कार्यरत रहेको प्रहरी कार्यालयको प्रमुखलाई सूचनाको बारेमा जानकारी गराउने मुख्य उद्देश्य बोकेको हुन्छ ।

तर इप्रका रानीले यस अघि परिचालन गरेका घुमुवा सिमान्त क्षेत्रबाट हुनेगरेको तस्करीमा संलग्न भई तस्करलाई संरक्षण गरेको आरोपमा विभागिय कारवाहीमा परेका छन् । र इप्रका रानीबाट अन्यन्त्र सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले तस्करीमा संलग्न सादा पोशाकका घुमुवा प्रहरीलाई कारवाही गर्ने तर तस्करी र तस्कर संग अवैध रुपमा रकम उठाउन आदेश दिने इप्रका रानीका प्रमुख प्रहरी निरिक्षक महेन्द्र दर्नाललाई कुनै किसिमको कारवाही गरेको छैन ।

इप्रका रानीका प्रमुख प्रहरी निरिक्षक दर्नालले आधा दर्जन भन्दा बढि घुमुवा प्रहरी परिचालन गरेका थिए । अहिलेपनि सिमान्त क्षेत्रबाट तस्करी हुने क्रम जारी छ । विराटनगरका कपडा व्यवसायी बब्लु अग्रवालको प्रत्येक दिन मोटो रकम परिणामको कपडा सिमान्त क्षेत्रबाट विराटनगर भित्रिरहेका छन् ।

अग्रवालले तस्करीको माध्यमबाट भित्र्याउने गरेको कपडा विराटनगरदेखि सुनसरी, झापा लगायत काठमाण्डौंसम्म पुग्ने गरेको छ । अग्रवाल मात्रै होइन सिमान्त क्षेत्रका १ दर्जन भन्दा बढि तस्करले कपडाको तस्करी गर्ने गरेको रहस्य विराटनगर भन्सार कार्यालयले खोलेको छ । केही दिन अगाडी विराटनगर भन्सार कार्यालयले रातीको समयमा हुने गरेको तस्करीको अनुगमन गर्दै सिसि क्यामेरा फुटेज सार्वजनिक गरेको थिए ।

यसमा प्रहरीको संलग्नता रहेको प्रहरी सुत्रले जानकारी गराएको छ । प्रहरी प्रधान कार्यालयको निर्देशन बमोजिम १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले सिमा प्रहरी चौकी रानीका प्रमुख प्रहरी नायक निरिक्षक देवपुकार यादवलाई कारवाही स्वरुप सरुवा गरेर उनको ठाउँमा बरिष्ठ प्रहरी नायब निरिक्षक चन्द्र सिवाकोटीलाई पठाएको छ ।
इलाका प्रहरी कार्यालय बुधनगरका प्रमुख खड्ग राईलाई पनि विभाग्य कारवाही भइरहेको प्रहरी सुत्रले जानकारी गराएको छ ।

सशस्त्र प्रहरी कार्यालयको प्रदेश प्रहरी कार्यालय पकलीसुनसरी, टंकीगुल्म र विओपी रानीका १ दर्जन भन्दा बढि सादा पोशाकका घुमुवा प्रहरीलाई आन्तरिक कारवाही गर्दै सरुवा गरेको छ ।