- चिरफार डटकम, विराटनगर ४७२ पटक हेरिएको
बुधबार, आश्विन १०, २०८० समय : १५:५८:१२ , १ वर्ष अगाडि
असोज १२ र १३ गते विराटनगरमा नेपाल जेसीजको एरिया ‘ए’ सम्मेलन हुँदैछ । जुन सम्मेलनलाई जेसीजको क्षेत्र ‘क’ सम्मेलन नाम दिएको छ । नेपाल जेसीजले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर एरिया ए सम्मेलनमा १ हजार ५ सय भन्दा बढि युवाहरुको सहभागिता रहने जानकारी गराएको छ ।
पछिल्लो समय युवाहरु नेपालबाट विदेश तर्फ पलायन भई रहेको अवस्थामा त्यसलाई रोक्न नेपालमै रोजगारी उपलब्ध गराउने गरी उद्योगी तथा व्यवसायी सँग विराटनगर सम्मेलनमा गहन छलफल गर्ने कार्यक्रम तय गरिएको छ । नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा एरिया ‘ए’ सम्मेलनका उपाध्यक्ष रश्मी बस्नेत सम्मेलन निर्देशक ठाकुर प्रसाद आचार्य र विराटनगर जेसीजका अध्यक्ष अभिनास थापा पत्रकार सम्मेलनमा सहभागि थिए ।
सम्मेलन सम्पन्न गर्न ६५ लाख भन्दा बढि रकम खर्च हुने आयोजक समितिले जानकारी गराएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विराटनगर महानगरपालिकाको वडा नं. ९ स्थित सिटी पार्टी प्यालेसमा नेपाल जेसीजको २ दिने एरिया ‘ए’ सम्मेलन चल्ने छ ।