- चिरफार डटकम, विराटनगर ४२८ पटक हेरिएको
बिहिबार, आश्विन ११, २०८० समय : १७:५१:१४ , १ वर्ष अगाडि
नेकपा एमालेको कोशी प्रदेश कमिटीको अध्यक्ष पदका लागि विनोद ढकाल र तुलसी न्यौपानेले सशक्त दाबेदारी प्रस्तुत गरेका छन् । न्यौपाने एमाले कोशी प्रदेश कमिटीका बहालवाला अध्यक्ष हुन् । ढकाल लामो समयदेखि एमाले मोरङ जिल्ला कमिटीदेखि केन्द्रिय कमिटीमा बसेर काम गरेका पुराना अनुभवी नेता हुन् । चिन्तन पाठक र घनश्याम खतिवडाले पनि अध्यक्ष पदका लागि चुनावी दौडमा रहेका छन् ।
नेकपा एमालेको कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन असोज १२ गते शुक्रबारदेखि विराटनगरमा सुरु हुँदैछ । १ हजार ५० जनाभन्दा बढि प्रतिनिधिहरू अधिवेशनमा आ–आफ्ना मतको सदुपयोग गरेर २ सय १५ जना प्रदेश कमिटीका पदाधिकारी निर्वाचित गर्ने छ । एमालेको विधानले कोशी प्रदेशमा अध्यक्ष सहित ५ जना पदाधिकारी र बाँकी सदस्यहरू रहने व्यवस्था गरेको छ ।