रंगेलीमा करदाता शिक्षा कार्यक्रम सम्पन्न

  • चिरफार डटकम, विराटनगर ३४०  पटक हेरिएको

शुक्रबार, कार्तिक २४, २०८० समय : १६:१४:०६ , १ वर्ष अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरले बिहीबार रंगेलीमा करदाता शिक्षा कार्यक्रम सम्पन्न गरेका छन् । रंगेली नगरपालिकाको संयोजनमा आन्तरिक राजश्व कार्यालय विराटनगरले करदातालाई जागरुक गराउने उद्देश्यका साथ करदाता शिक्षा कार्यक्रम आयोजना गरेका थिए ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्री र कम्प्युटर अधिकृत हरि सेढाईले रंगेली नगरपालिकाका कर्मचारी र स्थानीय व्यवसायीहरूलाई स्थानीय तहले संकलन गर्नुपर्ने र व्यवसायीले नियमित तिर्नु पर्ने करको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया सहित ३० जना कर्मचारी र स्थानीय ३० जना व्यवसायी गरी ६० जनाको सहभागिता रहेको थियो ।