- ... ९८० पटक हेरिएको
आइतबार, माघ ०१, २०७९ समय : १८:१९:३८ , २ वर्ष अगाडि
- ब्रह्ममदेव यादव, विराटनगर
विराटनगरका प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घरानाले आफ्नालाई मात्र होइन अर्काका छोराछोरीलाई पनि शिक्षा प्रदान गर्ने जिम्मेवारी लिएका छन् । अर्काका छोराछोरीलाई वर्षभरी खाना, बस्न र लत्ताकपडा सहित शिक्षा प्रदान गर्ने गरी विराटनगरका समाजसेवी हातहरु अगाडि आएका छन् ।
विराटनगरस्थित कञ्चनबारी चोकमा संचालित आर्या न्यूरो अस्पतालले २ बालबालिकालाई वर्षभरी शिक्षा प्रदान गर्ने गरी अपनत्व ग्रहण गरेका छन् । अस्पतालका संचालक तथा निर्देशक दिनेश ठाकुरले सामाजिक उत्तरदायित्व बहन गर्ने गरी २ बालबालिकालाई वर्षभरी शिक्षा प्रदान गर्ने गरी जिम्मेवारी लिएको बताए ।
जनजाती कल्याण आश्रम नेपाल, आमाको माया छात्रावास विराटनगरले आइतबार आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा सामाजसेवी हातहरु अगाडि आएर अर्काको छोराछोरीलाई वर्षभरी पढाइदिने गरी अपनत्व ग्रहण गरेका छन् ।
विराटनगरका प्रतिष्ठित औधोगिक घराना क्वालिटि गु्रपका घनश्याम काबरा र उनका छोरा उद्योग संगठन मोरङका कोषाध्यक्ष विपिन काबराले आश्रमको वार्षिकोत्सवमै सहभागिता जनाएर १ बच्चालाई बर्षभरी खानपिन सहित अध्ययनको जिम्मेवारी बहन गर्ने घोषणा गरे ।
मोरङ व्यापार संघका कार्यकारिणी सदस्य गोपाल अग्रवाल र श्याम राठीले १/१ जना बच्चालाई वर्षभरी अध्ययन गराइदिने घोषणा गर्दै बच्चाको अपनत्व ग्रहण गरे । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्द शर्मा, किशनलाल बोहरा, विराटनगर–१४ जतुवास्थित सूर्योदय डेरी उद्योगका संचालक मनोज यादव र अनुज यादवले १ बच्चालाई पढाई दिने घोषणा गरे ।
भवरलाल अटल, प्रसान्त तातेड, मनिश अग्रवाल, रामप्रकाश बोहरा, आनन्दमोहन झा, रुपेश कोइराला, राजेश सिंह, प्रेम आचार्य, आशिष निरौला, स्व. ओमप्रकाश लखोटिया, गोविन्द पोखरेल, श्रीमती नारायणी देवी दुगड, बिजय सुराना, नन्दकिशोर र जुगलकिशोर राठी, अशोक अटल, विजय अग्रवाल, मनोज अग्रवाल, महेशकुमार साह, सुवर्णकार कामेश्वर यादव, विजु थपलिया, किशोर अटल, शिवनारायण रौनियार, सञ्जय रौनियार, हन्सराज अग्रवालले १/१ जना बच्चा पढाई दिने घोषणा गरेका छन् ।
जनजाति कल्याण आश्रम नेपाल आमाको माया छात्रावास विराटनगरमा १ बच्चालाई वर्षभरी बस्नेखाने र पढ्नको लागि २५ हजार रुपैया खर्च लाग्छ । र ति रकम समाजसेवीहरुले व्यहोर्ने गरी बालबालिकाहरुको अपनत्व ग्रहण गरेका छन् ।