मोरङ व्यापार संघ एक्सपोको तयारी सुरु 

  • चिरफार डटकम, विराटनगर ४९०  पटक हेरिएको

बुधबार, मंसिर १३, २०८० समय : १७:५३:१४ , ११ महिना अगाडि

मोरङ व्यापार संघले पुस महिनामा विराटनगरमा आयोजना गर्न लागोको ११ दिने एक्सपोको तयारी सुरु गरेको छ । संघले सोमबार पत्रकार सम्मेलन गरेर यस वर्ष संघकै नामबाट एक्सपो आयोजना गर्न लागेको जानकारी गराएका छन् । मोरङ व्यापार संघले पुस ५ गतेदेखि १६ गतेसम्म विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा मोरङ व्यापार संघ एक्सपो २०२३ आयोजना गर्दैछ ।

संघले ३ करोड ५० लाख भन्दा बढि रकम खर्चेर एक्सपोको आयोजना गर्न लागेको हो । एक्सपो स्थल शंकरपुर मार्गको पर्खाल लगाएको जग्गाको सरसफाइ गरेका हुन । एक्सपोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरेर ४ देशका २ सय ५० भन्दा बढि स्टलबाट स्वदेश तथा विदेशी सामानको उपभोक्ताले खरीद संगै अवलोकन गर्न सक्ने छन् ।

संघले एक्सपोलाई भव्य रुपमा सम्पन्न गर्न संघका उपाध्यक्ष अनिल साहलाई संयोजक र सचिव सञ्जय श्रेष्ठ तथा कार्यकारिणी सदस्य अमित सारडालाई सह–संयोजकको जिम्मेवारी सुम्पिएको छ । संघका अध्यक्ष नविन रिजालले स्वदेशी तथा विदेशी कम्पनीले आ–आफ्नो उत्पादनलाई उपभोक्ता माझ परिचित गराउन एक्सपो फलदायीक सावित हुने बताए ।